बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित श्री शङ्काचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्देश्वरी कामदा गौशालाको आयोजनामा सञ्चालन भएको श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानमा १४ लाखभन्दा वढी रकम बचत भएको छ ।
संस्थाको स्वर्ण महोत्सव ५० औं बार्षिकोत्सवको अवसरमा गत माघ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानमा १४ लाख १२ हजार ९ सय २० रुपैयाँ ६ पैसा बचत भएको श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
श्री शंकराचार्यपीठ साधुटारको स्थापनाको ५० औं बार्षिकोत्सवको अवसर पारेर गत माघ १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानमा आय तर्फ २२ लाख ३४ हजार ९ सय ५४ रुपैयाँ ६ पैसा र व्ययतर्फ ८ लाख २२ हजार ३४ रुपैयाँ भएर १४ लाख १२ हजार ९ सय २० रुपैयाँ ६ पैसा बचत भएको श्री शंकराचार्यपीठका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले बताए ।उनले श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानमा साढे ६ सय मन धान र ५० मन चामल संकलन भएको जानकारी दिए ।
श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडा र श्री शंकराचार्यपीठका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले श्री शङ्काचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्देश्वरी कामदा गौशालाको आयोजनामा सञ्चालन भएको श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रमको सहजीकरण श्री शंकराचार्यपीठका सल्लाहकार संयोजक गोपिकृष्ण खतिवडाले गरेका थिए।




















