बिर्तामोड। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिर्तामोडस्थित सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याको प्रथम बार्षिकोत्सव सम्पन्न भएको छ।
सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याका सञ्चालक दिलकुमार लिम्बूको अध्यक्षता तथा साहित्यकार भगवति ढुङ्गेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका बालकलाकार आशुतोष भट्टराई लगायतका बालकलाकारहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याका विद्यार्थीहरू, तारा नमस्ते बालग्रामका विद्यार्थी र  ब्लु हेभन स्कुलका विद्यार्थीहरूले  गीत, नृत्य लगायत मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।
कार्यक्रममा गायन र नृत्यको प्रतिस्पर्धा समेत गरिएको थियो।
नृत्यतर्फ  विजेता प्रथम ऋषिमा दाहाल, फस्ट रनरअप खुश्बु बिक (ब्लु हेभन स्कुल) र सेकेण्ड रनर अप निर्धिका दाहाल (तारा नमस्ते बालग्राम) र  उत्कृष्ट प्रस्तुतकर्ताको रूपमा रोहीका गौतम चयन भएका थिए।
त्यसैगरी गायनतर्फ विजेता प्रथम आरव अधिकारी , फस्ट रनरअप प्रसुन गुरागाईं र सेकेण्ड रनर अप प्रबिन रोक्का र  उत्कृष्ट प्रस्तुतकर्ताको रूपमा पूजा शाह भएकी थिइन्।
  गायनको  निर्णायकमा ज्योति लामिछाने र नृत्यको  निर्णायकमा  पूजा राई , मिरा राई रहेका थिए।
बिर्तामोड–१ स्थित देवी पञ्चकन्या परिसरमा सञ्चालनमा रहेको सरगम संगीतालयको शाखाले छोटो अवधिमै संगीत तथा नृत्य क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै अभिभावकहरूको मन जित्न सफल भएको सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याका सञ्चालक दिलकुमार लिम्बूले बताए।
कार्यक्रमको सहजीकरण सरगम संगीतालय बिर्तामोडका सञ्चालक दिपक रायमाझीले गरेका थिए।