बिर्तामोड। झापा क्षेत्र नं २ का नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार देवराज घिमिरेले आफूले झापा क्षेत्र नं २ मा यसअघि गरेका अपूरा र अधुरा कार्य पूरा गर्न उम्मेदवारी दिएको बताएका छन्।
 प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उम्मेदवार घिमिरेले झापा  क्षेत्र नं २ का जनताले यसअघि पनि आफूलाई प्रतिनिधी सभा सदस्यमा निर्वाचित गराएकाले यस पटक पनि बहुमतले बिजयी बनाउने विश्वास व्यक्त गरे।

आफू जनताको  घरदैलोमा मत माग्न जाँदा झापा क्षेत्र नं २ का जनताले आफूलाई पुन: एकपटक प्रतिनिधी सभा सदस्यमा देख्न चाहेको बताएकाले आफूले चुनाव जितीसकेको उनको भनाई छ।
   आफू झापा क्षेत्र नं २ बाट यसअघि निर्वाचित भएर झापा क्षेत्र नं २ का जनताको सुखदुःखमा साथ दिंदै यस क्षेत्रमा विकासको बाढी ल्याएको बताउँदै उनले यस क्षेत्रमा अधुरा रहेका काम पूरा गर्न आफूलाई जनताले जिताउने उनको भनाई छ। 

प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलक योञ्जनले गरेका थिए।