बिर्तामोड। चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा वीरेन्द्रकुमार शाह निर्वाचित भएका छन्।
    चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको बिराटनगरमा सम्पन्न तेस्रो अधिवेशनले शाहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
     चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको उपाध्यक्षमा रमेश तिवारी, महिला उपाध्यक्षमा गोमा ढुंगाना , महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला, समावेशी सचिवमा सोम सुनुवार, कोषाध्यक्षमा गोपाल काफ्ले निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, निशान कँडेल, कविता घिमिरे, गोपाल पौडेल, सुनिल यादव, पारस मण्डल रहेका छन्।
   नयाँ कार्यसमिति चयन गर्नका लागी चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर वलामी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सल्लाहकार  भीषण राई , कोशी प्रदेश ईञ्चार्ज नरेन्द्र बस्नेत, कोशी प्रदेश अध्यक्ष सञ्जु राई रहेको समिति गठन गरिएको थियो।
    चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका  नवनिर्वाचित पदाधिकारीलाई चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर वलामीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।
      कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सञ्जु राईले आफ्नो कार्यकालमा भएको कार्यक्रमबारे जानकारी गराउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार शाहले चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशलाई थप प्रभावकारी, सक्रिय र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष शाहले बिराटनगरस्थित पारस मल्टिपल हस्पिटलसंग कोशी प्रदेशका चलचित्र पत्रकारहरूलाई नि:शुल्क उपचार गराउन सम्झौता गरेका थिए।

उक्त सम्झौता पत्रमा  चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका अध्यक्ष शाह र पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहताले हस्ताक्षर गरेका थिए ।

   चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सञ्जु राईको अध्यक्षता तथा विराटनगर महानगरपालिकाकी नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्रकुमार शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाकी अध्यक्ष राईले औचित्यमाथी प्रकाश पार्दै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथी कोईराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुईंटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर वलामी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका सल्लाहकार  भीषण राई, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका सचिव रवीन कट्टेल, चलचित्र पत्रकार संघ नेपाल  झापाका अध्यक्ष एकराज प्रधानलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कोशी प्रदेशका ईञ्चार्ज नरेन्द्र बस्नेत र सहसचिव विकल श्रेष्ठले गरेका थिए।