बिर्तामोड । प्राय ः गरेर सहकारीले बचत तथा ऋणको कारोबारलाई अघी बढाउँदै आइरहेका छन् । तर, झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले भने बचत तथा ऋणको कारोबारसंगसंगै कृषि ,स्वास्थ्य र शिक्षासंगसम्वन्धीत कार्यक्रमलाई समेत अगाडी बडाउँदै आइरहेको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आइतबार र सोमबार मात्रै झापाका दुई सामुदायिक विद्यालयमा अध्ययनरत् चार सय भन्दा वढी विद्यार्थीलाई टाई, वेल्ट र स्कूल व्याग बितरण गरेको हो । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आइतबार हल्दिबारी –१ गोल्धापमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई ५० थान स्कूल ब्याग, दुई सय १५ थान टाई र दुई सय २० थान बेल्ट प्रदान गरेको थियो भने सोमबार बिर्तामोड –७ स्थित बिरानमा रहेको लक्ष्मी आधारभूत विद्यालयका एक सय ९१ जना विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुर्याउने उद्धेश्यले ती सामग्री बितरण गरेको उनले बताए । 

हल्दिबारी –१ गोल्धापमा रहेको सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा  हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि लिङदेन ,संस्थाका अध्यक्ष सुवास भट्टराई, सचिव ईन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख प्रेम बस्नेत बिजयलगायतले ५० थान स्कूल ब्याग, दुई सय १५ थान टाई र दुई सय २० थान बेल्ट हस्तान्तरण गरेका थिए । कार्यक्रममा हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीप्रसाद थापा, हल्दिबारी गाउँपालिका शिक्षा शाखा प्रमुख जनककुमारी राईलगायतको सहभागिता रहेको थियो । 

 कार्यक्रममा प्रमुख अतिथि लिङदेनले सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेकोमा विशेष धन्यवाद दिँदै सरकारले मात्र नभई हरेक क्षेत्रबाट शैक्षिक गुणस्तर सुधारका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । सिम्रिक साकोसले गरेको सहयोगको प्रशंसा गर्दै उनले स्थानीय सरकारले गर्नुपर्ने काम सिम्रिक साकोसले गरेको  बताए । 

 सिम्रिक साकोसका अध्यक्ष भट्टराईले सरस्वती माध्यमिक विद्यालयको  शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिक साकोस सदैव साथमा रहेको र विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक एवम् शिक्षकहरुको भूमिकासमेत उत्तिकै महत्वपूर्ण हुुनुपर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि  संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीलाई आवश्यक सामाग्री प्रदान गरिएको उनले बताए ।

कार्यक्रमको सहजीकरण सिम्रिक साकोसका बिभागीय प्रमुख प्रेम बस्नेत बिजयले गरेका थिए । 

 त्यस्तै लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कूल व्याग वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  मेदनीप्रसाद न्यौपानेको अध्यक्षता तथा   बिर्तामोड –७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले स्वागत गरेका थिए । 

 कार्यक्रममा प्रमुख अतिथि खरेल ,संस्थाका अध्यक्ष सुवास भट्टराई, सचिव ईन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख प्रेम बस्नेत बिजयलगायतले एक सय ९१ जना विद्यार्थीलाई स्कूल व्याग प्रदान गरेका थिए । सोही कार्यक्रममा शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त बिर्तामोड – ७ ले वडाको तर्फबाट विद्यार्थीलाई एक सय ५८ सेट हाउस ड्रेस बितरण गरेको थियो । 

कार्यक्रममा सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले औचित्यमाथी प्रकाश पार्दै विपन्न विद्यार्थी अध्ययन गर्ने लक्ष्मी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुर्याउन तथा विद्यार्थीलाई किताब व्यवस्थापनमा सहजता प्रदान गर्न सिम्रिक साकोसले स्कूल व्याग वितरण गरेको बताए ।

सिम्रिक साकोसले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता राखेर काम गर्दै आएको बताउँदै उनले ५८ हजार भन्दाबढी शेयर सदस्य रहेको संस्थामा  १० हजार भन्दा वढी वाल वचतकर्ता रहेको जानकारी दिए ।

वालवालिकाको शिक्षामा सहयोग पुर्याउन वाल वचत खाता सञ्चालन गरिरहेको बताउँदै आफ्ना वालवालिकाको वाल वचत खाता खोलेर उनीहरुको शिक्षामा सहजता ल्याउन आग्रह गरे । 

सिम्रिक साकोसले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा झापा , मोरङ, पाँचथर र इलाम जिल्लामा रहेका ४९ वटा सेवाकेन्द्र मार्फत सदस्यलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । 

 कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्दै लक्ष्मी आधारभूत विद्यालयको शैक्षिक सुधारकालागि स्कूल व्याग वितरण गरेको बताउँदै लक्ष्मी आधारभूत विद्यालयलाई सिम्रिक साकोसको सदस्य वन्न आग्रह गरेका थिए ।

उनले आफूहरु नाफा मात्र कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व पनि निभाउने बताए । पछिल्लो समय केहि सहकारी संस्थाको कारण सिंगो सहकारीको बदनाम भइरहेको बताउंदै उनले सबै सहकारीलाई एकै नजरले नहेर्न आग्रह गर्दै आफूहरु जस्तोसुकै परिस्थितिमा पनि शेयर सदस्यको साथमा रहने प्रतिवद्धता जनाए । 

 कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खरेलले सिम्रिक साकोसले लक्ष्मी आधारभूत विल्द्यालयलाई स्कूल व्याग वितरण गरेर विद्यालयको शैक्षिक गुणस्तर सुर्धान खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।

उनले आफूहरु पनि लक्ष्मी आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउन लागीपरेको बताउँदै आफूहरुको कार्यमा सहयोग गर्न शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलगायत सवैलाई आग्रह गरे ।  

 कार्यक्रममा विद्यालयकी अभिभावक तथा वडा सदस्य हेमलता विश्वकर्माले  विशेष गरेर सिमान्तकृत, चिया मजदुर , विपन्न विद्यार्थी अध्ययन गर्ने लक्ष्मी आधारभूत विद्यालयमा सिम्रिक साकोसले स्कूल व्याग प्रदान गरेर विद्यार्थीलाई पुस्तक बोकेर ल्याउन सहजता प्रदान गरेको बताइन् । 

कार्यक्रममा सिम्रिक साकोसका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेल, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष घनश्याम भण्डारी, निवर्तमान वडाध्यक्ष चन्द्रकला पकुवाल, वडासदस्यहरु खडानन्द निरौला, मनकुमारी लिम्वू, कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, केशव कार्की, ज्ञानेन्द्र ओली, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सिम्रिक साकोसका बिभागीय प्रमुख प्रेम बस्नेत बिजयले गरेका थिए ।