बिर्तामोड । नेपालीहरुको महान पर्व दशैंको दशौं दिन अर्थात विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ । दशैंमा नयाँ कपडा लगाउने र मिठो खानेकुरा खाने पुरानै चलन छ ।

आर्थिक अवस्था राम्रो हुनेले महंगो कपडा लगाउने र मिठो खानेकुरा खाने गर्छन् भने आर्थिक अवस्था कमजोर हुनेलाई भने दशैं दशा हुने गरेको छ । तर,  आर्थिक अवस्था कमजोर हुनेहरुका लागी झापाको बिर्तामोडमा रहेको गोर्खा टेलरिङ  बरदान सावित भएको छ । 

आर्थिक अवस्था कमजोर भएका, क्यान्सर जस्ता प्राणघातक रोग लागेर कष्टकर जीवन विताइरहेका,सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई दशैंमा  निःशुल्क नयाँ कपडा प्रदान गरेर गोर्खा टेलरिङले समाजमा उदाहरणीय कार्य गरेको छ ।

 २०७३ साल भदौ ९ गतेबाट ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गरिरहेको गोर्खा टेलरिङले यसपटकको दशैंमा आर्थिक अवस्था कमजोर भएका, क्यान्सर जस्ता प्राणघातक रोग लागेर कष्टकर जीवन विताइरहेका, सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई  तीन लाख रुपैयाँको नयाँ कपडा निः शुल्क  प्रदान गरेको गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले जानकारी दिए ।

दशैं हुने खानेको मात्र होइन हुँदा खानेको पनि हो भन्ने सन्देश दिने उद्देश्यले आफूले नयाँ कपडा सिलाएर त्यसबाट दौरा, सुरुवाल, कोट ,टोपी, चोलोलगायतका सामग्री तयार गरी विभिन्न सामाजिक संस्थामार्फत वितरण गरिएको उनले बताए । 

झापा टेलरिङ ब्यवसायी संघका अध्यक्ष तथा नेपाल टेलरिङ ब्यवसायी महासंघका केन्द्रिय सदस्य  समेत रहेका दर्नालले आर्थिक अवस्था कमजोर भएकाहरु अरुले नयाँ कपडा लगाएको, मिठो खानेकुरा खाएर हिँडेको टुलुटुलु हेरेर बस्दा ज्यादै पीडा हुने भएको आफूले महशुस गरेर त्यस्ता वर्गलाई लक्षित गरी यो चाडपर्वमा उनीहरुको मुहारमा खुशी ल्याउन यस्तो कार्य गरेको बताए ।

आफूले २०७३ साल भदौ ९ गते गोर्खा टेलरिङ स्थापना गरी ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गरिरहेको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै दशैंमा आर्थिक अवस्था कमजोर भएर नयाँ कपडा किन्न नसक्नेहरुलाई आफूले नयाँ कपडा उपलव्ध गराएको उनले बताए ।    

 बिर्तामोडको शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटोमा नयाँ व्यवस्थापनका साथ संचालनमा आएको गोर्खा टेलरिङले दशैंको समयमा पनि चौविसै घण्टा सेवाग्राहीलाई सटिङ एण्ड सुटिङको सेवा  प्रदान गरिरहेको बताए ।  

 गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले उपलव्ध गराएको नयाँ कपडा कनकाई वडा न ८ का क्यान्सरपीडीत मान बहादुर श्रेष्ठ , सार्कमान चाहर, बिधान राजबंशीलगायतलाई बितरण गरिएको लक्ष्मणज्वयल श्रेष्ठले बताए । उनीहरुलाई उक्त कपडा कनकाई वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवालले बितरण गरेको श्रेष्ठले जानकारी दिए ।  

त्यस्तै गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले उपलव्ध गराएको नयाँ कपडा झापाका सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई प्रदान गरिने सामाजिक अभियन्ता नरेश मोहराले बताए ।

उनीहरुले गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले आर्थिक अवस्था कमजोर भएका, क्यान्सर जस्ता प्राणघातक रोग लागेर कष्टकर जीवन विताइरहेका, सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई  दशैंमा नयाँ कपडा प्रदान गरेर सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । 

त्यस्तै गोर्खा टेलरिङमै भेटीएकी अर्जुनधारा –५ की वडासदस्य रीता नेपालीले पनि गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालको प्रशंसा गर्दै आर्थिक अवस्था कमजोर भएका, क्यान्सर जस्ता प्राणघातक रोग लागेर कष्टकर जीवन विताइरहेका, सडकमा बेवारिसे अवस्थामा रहेकाहरुलाई दशैंमा नयाँ कपडा प्रदान गरेर उनीहरुलाई पनि वास्तविक दशैं आएको अनुभूति दिलाएको बताइन् । 

गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले आफूहरु सुरुवाती दिनदेखि नै नेपाली पोषाकको प्रवर्द्दनमा लागीपरेको बताउँदै आफूहरुले गरेको कार्यबाट प्रभावित भएर  नेपालबाट मात्र नभएर सिमा पारी दार्जिलिङ , सिलिगुढि ,सिक्किमदेखी बेहुला र परिवारको लागि नेपाली पोषाक सिलाउन आउने गरेको जानकारी दिए । गोर्खा  टेलरिङ पछिल्लो समय वालवालिकादेखि वृद्धवृद्धासम्म तथा राष्ट्रियस्तरका नेताको रोजाइमा  परेको बताउँदै ग्राहकलाई ढुक्क भएर सेवा लिन उनले  आग्रह गरे ।