बिर्तामोड । झापाको बिर्तामोडमा पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेवाःपासा मुना पुचः बिर्तामोडको संयोजन तथा नेवाः मिसा पुचः तथा नेवाः ल्याम्ह पुचः बिर्तामोडको आयोजनामा आगामी पुस २८ गते बिर्तामोडमा  पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उद्धेश्यले पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको नेवाःपासा मुना पुच ः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

अहिले नेवारी समुदायका सवैलाई खानेकुराका परिकार थाहा भएपनि बनाउन नजान्ने अवस्था रहेकाले  आफ्नो संस्कृति तथा परिकारलाई नेवारी समुदायसहित अन्य समुदायमा चिनाउन पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

पुस २८ गते बिर्तामोडको वनस्टप मलमा हुने  पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रममा १० वटा स्टल रहने र ती स्टलमा  नेवारी परिकारहरु योःमरी( चाकु र खुवा ), वारा, बफ छोयला, चिकन छोयला, बफ मःमः, चिकन मःमः, भेज मःमः, वफ सुकुटी, चिकन सुकुटी, नेवारी खाजा सेट, आलु तामा, आलु साधेको, खसीको फोक्सो फ्राई, सेलरोटी, नेवारी खाजा सेट भेज तथा नन्भेजलगायतका खानेकुरा  उपलब्ध हुने नेवाःपासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन बरिष्ठ गीतकार  शिवशंकर थापाले गर्ने अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष नेवारी गीतसंगीतको सांस्कृतिक कार्यक्रम समेत गरिने बताउँदै उनले सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरु अर्जुन खरेल, ज्योती खाती, बिनोद कालिकोटेलगायतको प्रस्तुती रहने जानकारी दिए ।

पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम  का लागि अनुमानित १ लाख ५० हजार खर्च हुने ती खर्च विभिन्न दाताहरुबाट जुटाएको उनले बताए । पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रममा १० हजार दर्शकको सहभागिता  रहने उनको भनाइ छ । 

 कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडका उपाध्यक्ष राजिव श्रेष्ठ, सदस्यहरु निरु खड्का श्रेष्ठ, तारादेबी श्रेष्ठ, लाखे संरक्षक लक्ष्मी श्रेष्ठ, मिलन श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, चेतना श्रेष्ठ लगायतको सहभागिता रहेको नेवाः पासा मुना पुचः बिर्तामोडका कार्यालय सचिव संजय श्रेष्ठले जानकारी दिए ।