बिर्तामोड  । नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडको आयोजना तथा योगदान राष्ट्रको लागि झापा शाखाको सहआयोजनामा बिर्तामोड– ३ बिर्ताबजारमा सञ्चालन गरिएको कपडा बैंकमा कपडा लिन आउनेको भिड बढेको छ ।

 जाडोको समयमा कपडाको अभावमा कष्टकर जीवन विताउँदै आएका विपन्न र असहाय व्यक्तिलाई जाडोमा कपडाको अभाव हुन नदिन  कपडा बैंक सञ्चालन गरिएको मधेसी समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर मण्डलले बताए । 

बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेको कपडा बैंकमा दैनिक एक सयभन्दा वढी कपडा लिन आएको उनले बताए  । 

मधेसी समाज सेवा समिति बिर्तामोडकाअध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा   भएको कार्यक्रममा बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी , पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, वडा सदस्य हरि वाँस्कोटा, भूपेन्द्र लिङ्देन, जगन्नाथ भट्टराई, मधेसी समाज सेवा समिति बिर्तामोडका सल्लाहकार सञ्जय शर्मा, सहसचिव प्रकाश महतोसहितका पदाधिकारी ,  योगदान राष्ट्रको लागि झापा शाखाका अध्यक्ष प्रदिपकुमार संग्रौला, उपाध्यक्ष डिल्लीराम पोखरेल, सदस्यहरु अम्बिका प्रसाईं दाहाल , सीता संग्रौला, राजेश आचार्य, जीवन चम्लागाईं, सावित्रा प्रसाईं, अम्बिका खड्का, श्री न्यौपाने, मोहन झा, विवेक निशानी, छबिला संग्रौला, लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको संयोजन प्रकाश महतो र मोहन झा रहेको कार्यक्रमको सञ्चालन मधेसी समाज सेवा समिति बिर्तामोडका सल्लाहकार सञ्जय शर्माले गरेका  थिए ।  

हुनेले दिएर जाउँ ,नहुनेले लिएर जाउँ भन्ने नारासहित सञ्चालन भएको कपडा वैंक आगामी माघ २ गतेसम्म सञ्चालन गरिने योगदान राष्ट्रको लागि झापा शाखाका अध्यक्ष प्रदिपकुमार संग्रौलाले जानकारी दिए ।

कपडा बैंकमा जगदम्बा टोल बिकास संस्था बिर्तामोड –३ ले समेत कपडा उपलव्ध गराएको संस्थाका देवीप्रसाद भट्टराईले बताए ।