बिर्तामोड । साहित्य चौतारी झापाको अध्यक्षमा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ चयन भएका छन् ।

साहित्य चौतारी झापाको बिर्तामोडमा भएको साधारण सभाले संस्थापक संरक्षक  श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष(कला) मा हिम्मत नेम्वाङ, शान्ता पौडेल (संगीत), महासचिवमा भानुभक्त कुभिण्डेली, सचिवमा सहसंरक्षक गौरव श्रेष्ठ, सहसचिवमा जीवन जगदिश धिताल, कोषाध्यक्षमा भवानीप्रसाद गौतम,सहकोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चित्रा पौड्याल कोइराला, सुनिता तामाङ, गोपाल दाहाल, टीका भट्टराई नेपाल, मनिषा भट्टराई, गोमा विमली, धनकुमारी दमाई, कल्पना भट्टराई रहेका छन् । 

सोही साधारण सभाले मानार्थ सल्लाहकार , सल्लाहकार, कानूनी सल्लाहकार र प्रेस सल्लाहकार गठन गरेको छ ।

संस्थाका मानार्थ सल्लाहकारहरुमा अग्रज साहित्यकारहरु चुडामणी रेग्मी, सरोज ओली, कोमलप्रसाद पोखरेल,एलपी जोशी, जीवन अधिकारी, लोकनाथ पौड्याल, डा.पुण्यप्रसाद सिग्देल, प्राज्ञ सभा सदस्यहरु पवन राजवंशी, सुभद्रा भट्टराई अर्याल, सुमित्रा वाङदेल चेली, पूर्व अध्यक्षहरु शिवशंकर थापा, केशव आचार्य, टंक काफ्ले विकल्प रहेका छन्र । 

त्यस्तै सल्लाहकार समितिको संयोजकमा राजेन्द्र संग्रौला, सदस्यहरुमा अनिरुद्र ओली, हस्त परियार, भवानी क्षेत्री, शिरो सान्दाई , हरीनारायण भट्टराई, शेरबहादुर थापा रहेका छन् ।

त्यसैगरी कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेती ,कृष्ण पौडेल रहेका छन् भने प्रेस सल्लाहकारमा पत्रकारहरु सुव्रत न्यौपाने र तुलसीप्रसाद निरौला रहेका छन् ।

उक्त समिति चयन गर्नका लागी साहित्यकार राजेन्द्र संग्रौलाको संयोजक र अनिरुद्र ओली, भवानी क्षेत्री, कृष्ण पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिका संयोजक राजेन्द्र संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिकी सदस्य भवानी क्षेत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक राजेन्द्र संग्रौलाले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक राजेन्द्र संग्रौलाले नवनिर्वाचित अध्यक्ष  संस्थापक संरक्षक देवीभक्त श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष देवीभक्त श्रेष्ठले कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हस्त परियारले नवनिर्वाचित अध्यक्ष देवीभक्त श्रेष्ठलाई माइन्युट तथा चावी हस्तान्तरण गरी पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हस्त परियारले आफू संस्थाको स्थापनादेखि नै संस्थासंग आवद्ध भएर विविध कार्य गरेको बताएका थिए भने  नवनिर्वाचित अध्यक्ष देवीभक्त श्रेष्ठले आफूले जन्मदिने मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ  तथा सासुआमा स्व. धनमाया बिमलीको स्मृतिमा २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको स्थापना गरेको बताउँदै संस्थालाई यो अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने साहित्य, कला ,संगीतका सर्जकहरुलाई र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए । उनले साहित्य चौतारीले यसवर्ष रजतवर्ष मनाइरहेकाले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

संस्थाका नवनिर्वाचित सचिव सहसंरक्षक गौरव श्रेष्ठले साहित्य चौतारीको गरिमा वढाउन लागीपर्ने बताए । कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका अर्चक तथा अर्जुनधारा संस्कृत विद्यालयका प्राचार्य हेमन्त भण्डारीले नवनिर्वाचत समितिका पदाधिकारी, सल्लाहकार, कानूनी सल्लाहकार र प्रेस सल्लाहकार समितिका पदाधिकारीहरुलाई टीका ,माला, खादा लगाएर कार्यसफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष देवीभक्त श्रेष्ठ तथा पदाधिकारीहरुले राष्ट्रियगीतसहित विभिन्न गीत,संगीत प्रस्तुत गरेका थिए । निर्वाचन समितिका सदस्य अनिरुद्र ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य कृष्ण पौडेलले गरेका थिए ।

२०५६ साल असार ३१ गते स्थापना भएको साहित्य चौतारी झापाको उद्घाटन राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेका थिए । साहित्य चौतारी झापाको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, सहसंरक्षक गौरव श्रेष्ठ, सहसंरक्षक जितु गौतम रहेका छन् । 

झापाली साहित्य, संगीत र कलाको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको साहित्य चौतारी झापाले   दर्जनौँ प्रतिभाशाली स्रष्टा सर्जक जन्माएको छ ।

साहित्य, संस्कृति, कला र भाषाको संरक्षण अभियानलाई निरन्तरता दिँदै  आएको साहित्य चौतारी झापाले  यसवर्ष रजत वर्ष  मनाउनेक्रममा विविध कार्यक्रमहरु गरीरहेको छ ।