बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेशन एकाडेमीले सामाजिक कार्य गरेर २१ औं बार्षिकोत्सव मनाएको छ । न्युटन्स एजुकेशन एकाडेमीले रक्तदानकार्यक्रमसहित २१ औं बार्षिकोत्सव मनाएको हो । 

विद्यालय  ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता तथा  बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका पिन्सिपल देबेन्द्र हुमागाईले  स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

न्युटन्स एजुकेशन एकाडेमीले २१ औं बार्षिकोत्सव मनाउँदै गर्दा हाल कक्षा नर्सरीदेखि १२ सम्म एक हजार ६ सय बिद्यार्थी अध्ययनरत रहेका र एक सय ६० जना शिक्षक, कर्मचारी कार्यरत रहेको बताए ।  बिद्यालयको  भौतिक संरचना ६ वटा भवन रहेको बताउँदै उनले बिद्यालयमा बाल क्लव, टुरिजम क्लब, स्काउट गरेर तीन वटा क्लबमार्फत बिद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा क्रियाशिल गराइरहेको जानकारी दिए । बिद्यालयले ५५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बताउँदै उनले विद्यालयले ५२ लाख ४४ हजार रुपैयाँ सरकारलाई कर तिरेको जनाए । 

सोही कार्यक्रमकाबिच नगरस्तरीय निबन्ध लेखन प्रतियोगिताका बिजेताहरुको नाम घोषणा गरि उनीहरुलाई  पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा बिर्तामोड नगरका २५ वटा विद्यालय सहभागी रहेको र उनीहरुमध्ये  प्रथम हुने बाल्मिकी स्कुल कक्षा १० कि मनिका भण्डारी, दोस्रो मोहनमाया माबि कक्षा १० का प्रज्ञान खनाल, तेस्रो तक्षशीला प्रोगेशिव स्कुल कक्षा ८ की सृष्टि कट्टेल र सान्तवना न्युटन्स एजुकेशन एकाडेमीकी कक्षा ९ की श्रेयसी कार्कीलाई क्रमश ७ हजार ५ सय, ६ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो । 

सोही कार्यक्रममा  बिर्तामोड–७ मा रहेको शहीद नेत्र पार्क रंगरोगनका लागि ५० हजार रुपैयाँ बराबरको रंग सुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेललाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर शिक्षा प्रमुख तिलोचन भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै न्युटन्स एजुकेशन एकाडेमीका संस्थापक हरीकुमार प्रसाईंले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको  प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा रक्तदानसमेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा एक सय ५० जनाले रक्तदान गरेका थिए । विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेल र शिक्षक  पवित्रा पौडेलले गरेका थिए ।