बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार राजु न्यौपानेले आफूले बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा जित्ने दावी गरेका छन् ।

लोकतान्त्रिक व्यवसायिक समूहका तर्फबाट फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजु न्यौपानेले आफूले ब्यवसायीका हरेक मुद्धामा  साथ दिएर ब्यवसायीका हक अधिकारका लागि लड्दै आइरहेकाले बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विजयी हुने बताए ।

उनले आफू वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको समयमा स्थानीय सरकारले लागू गरेको अब्यवहारिक करका विषयमा आवाज उठाएर कर घटाउन वाध्य पारेको बताउँदै आफूर्ले  राजनीति स्वार्थभन्दा माथी उठेर सबै व्यवसायीको हक अधिकारका लागि लड्दै आएकाले व्यवसायीले मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरे । 

बिर्तामोडका ब्यवसायीका समस्या आफूहरुले राम्रोसंग बुझेको र समस्या समाधानका लागि आफु निर्वाचित भएमा सबै कार्यातालिका बनाएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । बिर्तामोडलाई औद्योगिक तथा ब्यवसायिक हब (मुख्य क्षेत्र) का रुपमा विकास गर्न बिर्तामोडको औद्योगिक तथा व्यवसायिक क्षेत्रको ‘रोड म्याप’ मार्गचित्र तयार गरी सम्वन्धित निकायहरुसंग समन्वय गरी कार्यान्वयनमा ल्याइने ,बिर्तामोड औद्योगिक करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउने,  बिर्तामोडका व्यवसायी माथि भएको अनियन्त्रित कर वृद्धिलाई तथा दोहोरो करका कारण व्यवसायीमा देखिएको समस्याहरुको समाधान गरिने ,बिर्तामोड बजार क्षेत्रमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने र बजार क्षेत्रमा सार्बजनिक शौचालय निर्माणका लागि व्यवस्थित भौतिक संरचना निर्माण गर्दै फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने , बिर्तामोड बजारका दिनानुदिन बढ्दै गएकाले रात्रिकालिन बजार सञ्चालनमा ल्याउन  आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने र रात्रिकालिन बजारलाई आर्कषक बनाउन स्टेट फुड स्टलहरुको व्यवस्थाापनमा जुट्ने उनले प्रतिवद्धता जनाए।

लोकतान्त्रिक व्यवसायिक समूहका उम्मेदवार यस्ता छन् 

लोकतान्त्रिक व्यवसायिक समूहका तर्फबाट अध्यक्ष पदमा राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री , खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ताले उम्मेदवारी दिएका छन् ।