बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको  निर्वाचनमा आफूलाई मत दिएर विजयी बनाउन बिर्तामोडका व्यवसायीलाई आग्रह गरेका छन् ।

फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको  निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका राईले आफूले जहिले पनि व्यवसायीको सुखदुःखमा साथ दिँदै आइरहेको र व्यवसायीको समस्या समाधानका लागी आवाज उठाउन आफूले जित्न आवश्यक रहेको बताउँदै बिर्तामोड उद्योग वाणिज्य संघको  निर्वाचनमा आफूलाई मत दिएर विजयी बनाउन बिर्तामोडका व्यवसायीलाई  आग्रह गरेका छन् ।

आफूले कुनै राजनीतिक दलको तर्फबाट नभई स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिएको बताउँदै उनले आफू दलगत स्वार्थभन्दा माथी उठेर सबै व्यवसायीलाई सहयोग गर्न लागीपरेको जनाए ।

बिर्तामोडमा एलुमिनियम तथा स्टिल फर्निचरको व्यवसाय सञ्चालन गर्ने पहिलो व्यक्ति रहेका ३९ वर्षीय राई  झापा जिल्ला एलुमिनियम तथा  स्टिल ब्यावसायी संघका अध्यक्ष, झापा ११ फुटबल क्लबका सदस्य, झापा गोल्डकप आयोजक कमिटीका सदस्य किराँत राई यायोक्खा बिर्तामोडका सदस्यसहित दर्जनौँ सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

व्यवसायीका समस्याहरुको समाधानको विषयमा बोल्ने तथा अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई सहयोग गर्न  सदैव लागिपर्ने राईलाई भोट दिन झापा जिल्ला एलुमिनियम तथा  स्टिल ब्यावसायी संघले बिर्तामोडका सबै व्यवसायीलाई आग्रह गरेको छ ।