बिर्तामोड । उच्च अदालत विराटनगरको इलाम इजलासले  होटल व्यवसायी देवीभक्त श्रेष्ठलाई झापाको काँकरभिट्टामा रहेको  होटल हिकोला हेरिटेज सञ्चालन गर्न  आदेश दिएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले घरधनी विष्णुमाया श्रेष्ठ र होटल सञ्चालक देवीभक्त श्रेष्ठबीचको विवादमा उच्च अदालत विराटनगरको इलाम इजलासले फागुन ६ गतेको अल्पकालिन  आदेशलाई निरन्तरता दिँदै  घरधनी विष्णुमाया श्रेष्ठको नाममा आदेश जारी गर्दै मुद्धाको अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल चलाउन दिनु भनेको हो ।

होटल सञ्चालक देवीभक्त श्रेष्ठको रिटमाथि उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश राजेशकुमार काफ्ले र ऋषिराज भण्डारीको संयुक्त इजलासले  आइतबार होटल सञ्चालनका लागि घर भाडा दिने लिने बिच कुनै विवाद नदेखिएको हुँदा यस अघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिने आदेश  जारी गरेको हो ।

अदालतको आदेशमा भनिएको छ – ‘ दुई पक्षबीच २०७६\३\११ गते भएको करार अनुसार होटल सञ्चालनको लागि घर भाडामा लिने दिने बिषयमा सम्झौता भएको सम्बन्धमा कुनै विवाद भएको नदेखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यस अदालतबाट मिति २०८०\११\६ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिदिएको छ ।’ यसअघि उच्च अदालत विराटनगर इलाम इजलासको  २०८०\११\६ जारी भएको अल्पकालिन अन्तरिम आदेशमा अर्को फैसला नहुन्जेलसम्मका लागि निवेदक होटल सञ्चालक देबिभक्त श्रेष्ठलाई होटल व्यवशाय गर्न दिनु भनि घरधनी बिष्णुमाया श्रेष्ठका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत विराटनगर इलाम इजलासको आइतबारको आदेशले होटल व्यवशायी देबिभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न बाटो खुलेको छ । व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिएको र सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच घरभाडा सम्बन्धी विवाद उत्पन्न भएपछि न्यायका लागी होटल व्यवसायी देवीभक्त श्रेष्ठ उच्च अदालत विराटनगर इलाम इजलास गएका थिए । 

यस अघि उच्च अदालत बिराटनगरले फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेकोमा घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले अदालतको आदेशको अवज्ञा गर्दै उक्त होटल नियन्त्रणमा लिइरहेको बताइएको छ ।  

उच्च अदालत बिराटनगरको आदेशलाई मेचीनगर नगरपालिकाको न्यायिक समिति , मेची उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ काँकरभिट्टा समेतले उल्लघंन गरेको  होटल सञ्चालक देबिभक्त श्रेष्ठले बताए ।

होटल सञ्चालक देवीभक्त श्रेष्ठले आफू  न्याय माग्दै उच्च अदालत बिराटनगर गएको र उच्च अदालत विराटनगर इलाम इजलासले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने अल्पकालिन आदेश दिएपनि घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले अदालतको आदेशको अवज्ञा गरेर होटल सञ्चालन गर्न नदिएको बताए । 

अदालतको अल्पकालिन आदेश आएपछि होटल सञ्चालनको वातावरण बनाइपाउँ भनी आफु जिल्ला प्रशासन कार्यालय गएको र त्यहाँबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय काकरभिट्टासम्म चिठी पुग्दा समेत अदालतको आदेश कार्यान्वयन  नभएकामा दुःख व्यक्त गर्दै  होटल सञ्चालक श्रेष्ठले उच्च अदालत विराटनगर इलाम इजलास आइतबार दिएको अन्तरिम आदेश अनुसार अर्को फैसला नहुन्जेलसम्मका लागि होटल सञ्चालक  श्रेष्ठलाई होटल व्यवशाय गर्न दिनु भनि  दिएको आदेशको पालन गर्न आग्रह गरे ।

बिगतमा विभिन्न समूहबाट हुलहुज्जत र आक्रमण समेत भएको हुँदा शान्ति सुरक्षाको वातावरण नबनेसम्म होटलमा जान सक्ने स्थिति नभएको बताउँदै श्रेष्ठले  मेचीनगर नगरपालिकाको न्यायिक समिति , मेची उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ काँकरभिट्टालाई उच्च अदालत बिराटनगरको अन्तरिम आदेशलाई कार्यानवयन गर्न आग्रह गरे । 

उच्च अदालत बिराटनगरले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन फागनु ६ गते अल्पकालिन आदेश जारी गरेको र अदालतको अल्पकालिन आदेश आएपछि होटल सञ्चालनको वातावरण बनाइपाउँ भनी आफु जिल्ला प्रशासन कार्यालय गएर सिडीओलाई भेटेर सिडीओले चिठी लेखेको र त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा एसपीलाई भेटेर सहयोग माग्दा एसपीले इलाका प्रहरी कार्यालय काकरभिट्टालाई सहयोग गर्न  चिठी लेखेर उक्त चिठी लिएर जाँदासमेत मेचीनगर नगरपालिकाको न्यायिक समिति , मेची उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ काँकरभिट्टाका पदाधिकारीको आडमा  घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले  हुलहुज्जत र होटल सञ्चालक गौरव श्रेष्ठमाथी आक्रमणगरेर बाहिर निकाली सामग्री समेत जफत गरेको बताउँदै श्रेष्ठले विज्ञप्तीमार्फत घटनाबारे जानकारी गराउँदै घटनामा संलग्नमाथी कारबाहीको माग गरेको जनाए ।

घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले होटल हिकोला हेरिटेजको नाम समेत परिवर्तन गरेर न्यु होटल हिकोला हेरिटेज लेखेर होटल हडप्ने प्रयास गरेकोमा होटल सञ्चालक श्रेष्ठले दु्ःख व्यक्त गरे ।

होटल सञ्चालक देवीभक्त श्रेष्ठले उच्च अदालत विराटनगरको इलाम इजलासले आइतबार दिएको अन्तरिम आदेशको पालना कार्यान्वयनका लागी सम्वन्धीत निकायमा सहयोग पुर्याउन अनुरोध गर्दै अदालतको आदेशको अवज्ञा नदोहोर्याउन सम्वन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।