बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशन फाउण्डेशन धुलाबारीमा शाखा विस्तार गरेको छ । झापाकै उत्कृष्ट  शैक्षिक परामर्श केन्द्रको रुपमा रहेको  बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालिले सातौं वार्षिकोत्सवको अवसरमा धुलाबारीमा शाखा विस्तार गरेको बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालिका अध्यक्ष  राजकुमार कार्कीले बताए । 

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २०७३ साल फागुन २४ गते बिर्तामोडको भद्रपुररोडमा स्थापना गरिएको बिर्तामोड एजुकेशन फाउण्डेशनको यस अघि इलामको फिक्कल, झापाको चारआली र सुरुङ्गामा शाखा कार्यालय स्थापना गरिसकिएको उनले बताए । 

 उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउण्डेशनले अंग्रेजी, जापानिज, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सञ्चालन गरिरहेको बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालिका अध्यक्ष  राजकुमार कार्कीले बताए । उनले धुलावारी शाखाबाट पनि यी सबै सेवा प्रदान गरिने जानकारी दिए । 

बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालिका अध्यक्ष  राजकुमार कार्कीको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धुलाबारी शाखा प्रमुख भोगेन्द्रप्रसाद न्यौपाने (भुवन)ले स्वागत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथी बुढाथोकी, इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जिव राई, उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, निर्वतमान अध्यक्ष मिलन ओली लगायतले शुभकामनाा मन्तब्य राख्दै  मेचीनगर तथा आसपासका पालिकाका विद्यार्थीलाई मध्यनजर गर्दै बिर्तामोड एजुकेशन फाउण्डेशनले धुलावारीमा शाखा विस्तार गरेर सेवा प्रदान गर्न शुरु गरेकोमा बधाई दिँदै आफुहरुले  सहयोग गर्ने प्रतिबद्धता  जनाए ।

सोही कार्यक्रममा  संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिविहीन गायिका मेनुका पौडेललाई नगद ३० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा गायिका पौडेलले दुई वटा गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन बिर्तामोड एजुकेशन फाउण्डेशनका शिक्षक केशव उप्रेतीले गरेका थिए ।