बिर्तामोड ।  झापाको बिर्तामोडमा श्री राम कथा वाचन हुने भएको छ । श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरको आयोजनामा बिर्तामोडस्थित अग्रसेन भवनमा आगामी चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म श्री राम कथा वाचन हुन लागेको श्रीहरि सत्संग समिति नेपालका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक  बेदप्रकाश अग्रवालले जानकारी दिए ।

राम नवमीको अवसरमा झापाको बिर्तामोडमा पहिलो पटक हुन लागेको श्री राम कथा वाचन अन्तराषर््िट्रय ख्याति प्राप्त कथा बाचक सुश्री संगीता किशोरीले गर्ने  उनले बताए ।

विभिन्न जात जाति, भाषा, संस्कृति र धर्मका मानिसहरूको बसोबास भएको नेपालमा सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्दै उनीहरूबीच सद्भाव कायम राख्दै सनातन हिन्दू र्धम ऊँकार परिवारलाई एकताको सुत्रमा बाध्ने उद्देश्यले  २०७१ सालमा श्रीहरि सत्संग समिति नेपाल गठन गरिएपनि बिर्तामोडमा पहिलो पटक श्री राम कथा वाचन आयोजना गरेको उनले बताए ।

ऊँकार परिवारलाई एकताको सुत्रमा बाँध्न श्रीहरि सत्संग समितिले गाउँदेखि शहरसम्म विभिन्न धार्मिक कार्यक्रमहरु गरिरहेको उनले बताए । 

बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको श्री राम कथा वाचनलाई भव्य बनाइने श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरका अध्यक्ष उमेश डालमियाले बताए ।

सबै जातजातिका मानिसहरूको सहभागिता रहने गरी २ सय ५१ सदस्यीय श्री राम कथा वाचन अनुष्ठान मूल आयोजक समिति गठन गरिएको उनले बताए । श्री राम कथा वाचन अनुष्ठान सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च अनुमान गरिएको बताउँदै उनले स्वच्छिक सहयोग तथा बिभिन्न सामाजिक संघ संस्थाको सहयोग प्राप्त भइरहेको जनाए । 

 श्रीहरि सत्संग समिति नेपालका संरक्षक भगवानदास अग्रवालले झापाको बिर्तामोडमा पहिलो पटक श्री राम कथा वाचन हुने  बताए । उनले उक्त अनुष्ठान सफल बनाउन सबैलाई आग्रह गरे ।

आगामी चैत २७ गते बिहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरबाट अग्रसेन भवन बालाजी मन्दिरसम्म शोभा यात्रा गरि दिउँसो २ बजे श्री राम कथा वाचनको उद्घाटन गरिने श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरका सचिव बाबुलाल अग्रवालले जानकारी दिए ।

व्यासाचार्य किशोरकुमार गौतमले उद्घाटन गर्ने  श्री राम कथा वाचन कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वहरुबाट प्रवचनसहित रामलीलापनि प्रदर्शन गरिने  श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरका सहसचिव विजेन्द्र अग्रवालले जानकारी दिए ।