बिर्तामोड । व्युटी सैलुन भन्ने बित्तिकै  केवल महिलाका लागि मात्र सेवा दिने भन्ने बुझिन्छ होला तर पछिल्लो समय व्युटी सैलुन भन्ने बित्तिकै महिला तथा पुरुष दुवैलाई सेवा दिने भन्ने बुझ्न थालिएको छ ।

झापामा महिला तथा पुरुष दुवैलाई सेवा प्रदान गर्ने युनिसेक्स व्युटी सैलुनहरु खुल्न थालेको छ । यसैक्रममा  झापाको बिर्तामोडस्थित विशालबजारमा  अप्सरा व्युटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा आएको छ ।

महिला तथा पुरुष दुवैलाई व्युटी सम्वन्धी सेवा दिने उदेश्यले युनिसेक्स सैलुनकारुपमा अप्सरा व्युटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा ल्याएको सञ्चालक व्युटीसियन ललिता अधिकारीले बताइन् ।

उनले कुनै एउटै उमेर बर्गमा मात्रमा सिमित नभई हरेक उमेरका महिला एवम् पुरुषहरुलाई लक्षित गरी व्युटीसम्वन्धी सेवा प्रदान गर्न अप्सरा व्युटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा ल्याएको बताइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने र नवनिर्वाचित सचिव राजकुमार शाहले रिबन काटेर अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीको उद्घाटन गरेका थिए । 

कोही पढाइ, कोही काम त कोही सुविधाको सपना देखेर बर्सेनि सयौं नेपाली विदेश पुग्छन्। त्यहाँ पुगिसकेपछि स्वदेश फर्केर केही गर्छु भन्ने कमै भेटिन्छन्।  तिनै कममध्येकी एक हुन्  ललिता अधिकारी ।

५ वर्ष कामको सिलसिलामा दुवई  पुगेर   त्यहीँ सैलुनमा काम गरेपछि  दुवई भन्दा नेपालकै मोह बढी भएर स्वदेशमै व्यवसाय गरेर बस्ने उद्धेश्यले झापा बिर्तामोड फर्किएको उनी बताउँछिन् । 

व्यवसायिक हिसाबले दुवई पुगेपनि त्यहाँ बस्दा पनि स्वदेश फर्केर व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर झापा बिर्तामोड फर्किएपछि ११ वर्षदेखि अप्सरा ब्युटिपार्लर सञ्चालन गरेको उनले बताइन् । ब्युटिपार्लरमा महिला सहभागिता र लगानी धेरै भए पनि सोचेजस्तो नभएकाले महिला र पुरुष दुवैलाई सेवादिन युनिसेक्स सैलुनकारुपमा अप्सरा व्युटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा ल्याएको उनले बताइन् ।

सबैभन्दा आत्मसन्तुष्टिको पेसा सैलुन नै लागेर अरूलाई खुसी बनाएर पैसा कमाउने पेसा हो भन्ने बुझेर यस पेसामा लागेको उनले बताइन् ।  एक करोड रूपैयाँ लगानी गरी झापाको बिर्तामोड विशालबजारमा  अप्सरा व्युटी सैलुन एण्ड एकाडेमी सञ्चालनमा ल्याएको बताउँदै उनले  व्यावसायिक रूपमा यो पेसा सुरक्षित छ भनेरै सुरू गरेको जनाइन् । 

उनले अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीको साजसज्जा विदेशी शैलीमै गरेकी छिन्। अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीमा  महिला तथा पुरुष दुवैलाई एकै ठाँउबाट  हेयर कटिङ, हेयर स्पा, स्टेट, फेस थेरापी, हेयर स्मुथिङ र स्किन केयर , फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका व्युटी सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताइन् ।

उनलाई सघाउन  लामो समय काम गरेका अनुभवी  ’हेयर मास्टर’ सहित ११ जना कर्मचारी छन्।  सैलुनमा प्रयोग गर्न  अन्र्तराष्ट्रिय जगतमा स्थापित ब्राण्डका सौन्दर्य प्रशाधन सामाग्री ल्याउने उनले बताइन् । उद्घाटनकै दिन  राम्रो प्रतिक्रिया पाएकोमा उनी दंग छिन् ।  अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीले यस क्षेत्रमा लाग्न चाहने युवा युवतीहरुलाई स्वरोजगार बनाउन तथा सिप सिकेर विदेश जान चाहनेहरुका लागी व्युटी सम्वन्धी तालिम सञ्चालन गर्ने लक्ष्य राखेको उनले बताइन् ।

अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीमा सेवा लिन आएका सम्झना खड्का , निशा सोनी कर्णलगायतले अप्सरा व्युटी सैलुन एण्ड एकाडेमीको सेवाबाट आफूहरु सन्तुष्ट बनेको बताए ।