बिर्तामोड । झापाको बिर्तामोडमा ’ आई मार्ट कुरियर सेवा ’ शुरु भएको छ । बिर्तामोडको भद्रपुररोडमा आइतबारबाट ’ आई मार्ट कुरियर सेवा ’ शुरु भएको हो ।

युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेर र जीवीएमआईसीका सिइओ कर्ण गुरुङले संयुक्त रुपमा रिवन काटेर ’ आई मार्ट कुरियर सेवा ’ शुभारम्भ गरेका थिए ।

युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा ’ आई मार्ट कुरियर सेवा ’ का बिर्तामोड प्रमुख जीवन पोखरेलले स्वागत तथा औचित्यमाथी प्रकाश पारेका थिए । 

कार्यक्रममा युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेर र जीवीएमआईसीका सिइओ कर्ण गुरुङले नेपालमै केही गर्न चाहने युवाले कुरियर सेवा शुरु गरेकोमा खुशी व्यक्त गर्दै कुरियर सेवा सञ्चालनका लागी आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, बिर्तामोड –४ का वडासदस्य तथा पल क्रिएसनका सञ्चालक उमेश राउत, उत्प्रेरक उद्यमी समाजका अध्यक्ष सन्दीप गिरी, नेपाल लिङ्क कम्पनिका सुमन पोखरेल , युवराज चापागाईं,कलाकार शिला उप्रेतीलगायतले शुभकामना मन्तव्य राख्दै ’ आई मार्ट कुरियर सेवा ’ शुरु भएकाले सामान कुरियर गर्नको लागि टाढा  जानुपर्ने बाध्यता अब हटेको बताए । उनीहरुले  ’ आई मार्ट कुरियर सेवा ’ ले सस्तो र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा ’ आई मार्ट कुरियर सेवा ’ का सिइओ अर्जुन उप्रेतीले ’ आई मार्ट कुरियर सेवा ’  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कुरियर सेवा भएको बताउँदै  यसले देश तथा विदेशमा एक ठाउँको सामान अर्को ठाउँमा सुरक्षित तरिकाले पुर्याउने जनाए ।

नेपालमा थुप्रै कूरियर कम्पनी भएपनि ’ आई मार्ट कुरियर सेवा ’ ले एकै दिनमा पिकअप र डेलिभरी गर्ने भएकाले यो सेवा अति आवश्यक परेको समयमा लिन सकिने बताए  ।

’ आई मार्ट कुरियर सेवा ’ ले फिजिकल मात्र नभएर अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले त्यसका लागी उक्त कम्पनीको वेबसाइटमा गएर आफ्नो सामान सुरक्षित साथ पठाउन अर्डर गर्न सकिने जानकारी दिए  ।

उनले ’ आई मार्ट कुरियर सेवा ’ ले   बैंक, अन्य कर्पोरेट कम्पनी एवं सरकारी कार्यालय सबै किसिमका संस्थाका कागजपत्रदेखि व्यक्तिगत कागजपत्रहरु समेत एक ठाऊँबाट अर्को ठाउँमा  भरपर्दो रुपमा पठाउने बताए ।

पछिल्लो समय नेपालमा संघीय संरचनाको कार्यान्वयन सँगै बैंक तथा वित्तीय संस्था एवं अन्य कार्यालयहरु ग्रामीण क्षेत्रसम्म आफ्ना कार्यालयहरु विस्तार गर्दै गइरहेको अवस्थाम सोही बमोजिम कुरियर कम्पनीले पनि आफ्नो सेवा विस्तार गर्दै जानुपर्ने अवस्था रहेकाले हाल झापाको सुरुङ्गाबाट सेवा प्रदान गरिरहेको ’ आई मार्ट कुरियर सेवा ’ ले निकट भविष्यमा दमक र इलाममा पनि शाखा बिस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

कुरियर व्यवसाय विश्वासको व्यवसाय भएकाले  आफ्नो प्रतिवद्धता बमोजिम आफूले लिएको जिम्मेवारी समयमा नै पूरा गर्ने कार्य गर्ने बताउँदै उनले  कुनै समस्या आएको खण्डमा वा समयमा सम्बन्धित कागजपत्र गञ्तव्यमा पुग्न नसकेको खण्डमा त्यसलाई उक्त डकुमेन्ट कहाँ पुगेको छ र किन उक्त ठाउँमा पुगेन भन्ने बारे अध्ययन गरी सेवाप्रदायकलाई सामान दिने उनले प्रतिवद्धता जनाए । 

आफूहरुले विदेश जाने मोह त्यागेर नेपालमा केही काम गर्न खोजेर ’ आई मार्ट कुरियर सेवा ’ सञ्चालन गरेकाले एक पटक सेवा गर्ने अवसर दिन उनले सबै सेवाग्राहीलाई आग्रह गरेका छन् ।