बिर्तामोड  । वीरता लेडी जेसीज बिर्तामोडको आयोजनामा " प्रि ईन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ " सम्पन्न भएको छ। 
वीरता लेडी जेसीजकी अध्यक्ष जेसी निशा शाक्यको अध्यक्षतामा तथा वीरता लेडी जेसीजका मातृशाखा वीरता जेसीज सन् २००३ का अध्यक्ष साथै सन् २००४ का राष्ट्रिय उपध्यक्ष जेसी शिव अग्रवालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक वीरता लेडी जेसीजकी कोषाध्यक्ष जेसी कविता ओलीले स्वागत गरेको कार्यक्रममा
सह-सचिव जेसी दिक्षा कडरियाले आस्था वाचन  र जन सम्पर्क अधिकारी जेसी पारु श्रेष्ठले मिसन भिजन वाचन गरेकी थिईन् ।
वीरता  लेडी जेसीजकी निवर्तमान अध्यक्ष जेसी मेनुका ओलीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरता  लेडी जेसीजकी निवर्तमान अध्यक्ष एम टट ग्राजुवेएट जेसी मेनुका ओलीको प्रमुख प्रशिक्षणमा भएको " प्रि ईन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ "का सहभागीलाई  प्रमुख प्रशिक्षक ओलीले जेसीजका विविध आयामबारे जानकारी  गराएकी थिइन् ।
कार्यक्रममा  प्रमुख अतिथी अग्रबाल, नेपाल उध्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली , वीरता लेडी जेसीज सन् २०२३कीअध्यक्ष  जेसी संगिता गिरीलगायतले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको संचालन  वीरता लेडी जेसीजकी महासचिव  जेसी प्रभा रायमाझीले गरेकी थिईन्।