बिर्तामोड।  झापाको चारपानेस्थित  बिर अमरसिंह माबिको खेलमैदानमा तेस्रो बिर्तामोड नगरस्तरीय स्काउट क्याम्प भइरहेको छ। नेपाल सरकार कोशी प्रदेश अन्तरगत स्थानीय स्काउट    बिर्तामोड नगर स्काउटको आयोजनामा बिर्तामोडका १४ वटा बिभिन्न बिध्यालयका स्काउटका बिध्यार्थीले आ आफ्नो सिर्जनशील प्रतिभा देखाइरहेका छन् ।
बिर्तामोड नगर स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माको अध्यक्षता तथा  संरक्षक  बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  बिर अमरसिंह माबिका प्रधानाध्यापक खेमराज गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा  प्रमुख अतिथी  संरक्षक  प्रसाई, बिर्तामोड नगर उपप्रमुख तथा बिर्तामोड स्काउट प्रमुख नगेन्द्रप्रसाद संग्रौला,  महेन्द्र रत्न माबिका प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेपाल स्काउट कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
बिर्तामोड नगरमा रहेका २२ वटा स्काउट मध्ये  कार्यक्रममा १४ वटा बिद्यालयका ३ सय ६० जना स्काउट बिध्यार्थीहरूले  मार्चपास गरेका थिए।
सोही कार्यक्रमकाबिच १५ बर्ष सेवा प्रदान गरेको भन्दै बिर्तामोड नगर स्काउटका कपिल सापकोटालाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 
स्काउट क्याम्प अन्तर्गत  बिध्यार्थीहरूले गाँठो बनाउने, बिना भाडा खाना पकाउने, नृत्य, गायन, हस्तकला, चित्रकला, बक्तृत्वकला, हाजिरी जवाफलगायतका प्रतियोगितात्मक कार्यक्रमसहित  बिहीबार साँझ क्याम्प फायर कार्यक्रम गरेका थिए।
उद्घाटन कार्यक्रमको सञ्चालन बिर्तामोड  नगर स्काउटका नगर परिषद शिक्षा पद्धति आयुक्त डमर बल्लभ ओझाले गरेका थिए । बुधबारबाट शुरू भएको स्काउट क्याम्प शुक्रबार पुरस्कार वितरणसहित सम्पन्न हुने बिर्तामोड नगर स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माले बताए।