बिर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मनोज कुमार साहले जिम्मेवारी सम्हालेका छन् ।
बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल सरूवा भएर मकवानपुरको बकैया गाउँपालिकामा गएपछि मनोज कुमार साहले बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
विराटनगर निवासी साह यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत् रहेका थिए।
बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आइपुगेका मनोज कुमार साहलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले
गाउँपालिकामा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको अध्यक्षको स्वकीय सचिव गोकुल पौडेलले जानकारी दिए।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहलाई शुभकामना दिँदै तपाईंको प्रशासनिक नेतृत्वको कार्यकालमा बुद्धशान्ति गाउँपालिकाको चौतर्फी विकास ,परिवर्तन एवम् कुशल नेतृत्वको विकास हुने विश्वास लिएको बताए।
बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहले आफ्नो कार्यकालमा बुद्धशान्ति गाउँपालिकालाई नयाँ उचाईमा पुर्याउने बताए। उनले बुद्धशान्ति गाउँपालिकाको चौतर्फी विकासका लागी सहयोग गर्न सबैलाई आग्रह गरे।




















