बिर्तामोड । झापाको बिर्तामोड –५मा रहेको आकाशगांगा सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
   संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षता तथा एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक कार्यकारी प्रमुख खगेन्द्रनाथ ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विशाल शिवाकोटीले स्वागत गरेका थिए ।
    कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयरपुँजी दुई करोड आठ लाख १९ हजार, निक्षेप चार करोड ९० लाख, ५२ हजार नौ सय १६ रुपैयाँ, ऋण लगानी सात करोड १८ लाख ८५ हजार नौ सय २० रुपैयाँ, आम्दानी एक करोड २१ लाख ३६ हजार चार सय ३६ रुपैयाँ, खर्च ७७ लाख ८४हजार ६ सय ३५ रुपैयाँ १६ पैसा, कोष व्यवस्था दुई करोड २७ लाख ३६ हजार एक सय ६१ रुपैयाँ साथै कूल कारोबार ११ करोड ४३ लाख १६ हजार दुई सय ५० रुपैयाँ, नाफा ४३ लाख ५१ हजार आठ सय एक रुपैयाँ ७४ पैसा रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवदेनमा उल्लेख छ ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्स कोशी प्रंदेशका उपाध्यक्ष सन्तोष अग्रवाल, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक होमबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवीप्रसाद घिमिरेले गरेको शिक्षा उपसमिति सदस्य माधवप्रसाद सिटौलाले जानकारी दिए ।