बिर्तामोड। घैलाडुव्वा छठ पूजा समिति कनकाई - ९ घैलाडुव्वाले घैलाडुव्वा पश्चिम अर्थात घैलाडुव्वाबाट चम्पापूर जानेबाटो छेउको बिरिङ नदीमा आयोजना गरेको छठ घाटमा ब्रतालुहरूले आईतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
बिरीङ नदीको किनारमा छठका लागि निर्माण गरिएको ३४ वटा घाटमा रहेका एक सय ब्रतालुहरूले आईतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।
घैलाडुव्वा छठ पूजा समिति कनकाई- ९ घैलाडुव्वाका अध्यक्ष उमेश कर्णको अध्यक्षता तथा कनकाई- ९ का वडाध्यक्ष राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न
कार्यक्रममा घैलाडुव्वा छठ पूजा समिति कनकाई- ९ घैलाडुव्वाका पूर्वअध्यक्ष रामबृज धोवीले स्वागत मन्तव्यसहित छठ पर्वको महत्वबारे प्रकाश पारेका थिए।
गायिका स्वीकृति राजवंशीले छठमहिमा सम्बन्धी गीत प्रस्तुत गरेको कार्यक्रममा कनकाई- ९ का पूर्वअध्यक्ष प्रेमप्रसाद राजवंशी, इलाका प्रहरी कार्यालय घैलाडुव्वाका ईञ्चार्ज विकास भट्टराई, घैलाडुव्वा बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द प्रधानलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
छठ पूजासंगैआईतबार साँझ सांस्कृतिक कार्यक्रम भजन-कीर्तन समेत आयोजना गरिएको थियो।
राष्ट्रिय कलाकार सुमित ढकाल , स्वीकृति राजवंशीसहित स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम गरिएको थियो भने बिभिन्न जातजातीको झाँकी र सांस्कृतिक कार्यक्रम समेत भएको थियो।
घैलाडुव्वा छठ पूजा समितिको तर्फबाट छठ पूजामा आउने भक्तजनलाई प्रसादको ब्यबस्था गरिएको थियो।
छठ पूजा सम्पन्न गर्न उमेश कर्णको अध्यक्षतामा घैलाडुव्वा छठ पूजा समिति कनकाई - ९ घैलाडुव्वा गठन गरिएको थियो ।
समितिका उपाध्यक्ष दीपक चौधरी, सचिव बरूण शाह, सहसचिव पार्वती चौधरी कोषाध्यक्ष राजेश ठाकुर रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कैलाश शाह, प्रमोद शाह, शंकर शाह, सचिन शाह, विकाश शाह, दिनेश चौधरी, श्याम चौधरी, रवीन्द्र चौधरी, शोझा ठाकुर, भुवन ठाकुर, टेकनारायण हजाम , प्रवेश चौधरी, राहुल शाह, नारायण चौधरी, जयकरण मण्डल, दीपा चौधरी रहेका छन्।
घैलाडुव्वा छठ पूजा समिति कनकाई - ९ घैलाडुव्वाका अध्यक्ष उमेश कर्णले घैलाडुव्वा पश्चिम अर्थात घैलाडुव्वाबाट चम्पापूर जानेबाटो छेउको बिरिङ नदीमा
आयोजना गरिएको छठ पूजा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
कार्यक्रमको सञ्चालन सल्लाहकार कृष्णबाबु शर्माले गरेका थिए।




















