बिर्तामोड। पाथिभरा छठ पूजा समिति बिर्तामोडले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा आयोजना  गरेको छठ पूजामा आईतबार साँझ छठ ब्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
  महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा     पाथिभरा छठ पूजा समितिले निर्माण गरेको ५०  वटा घाटमा   एक सय भन्दा बढी छठ ब्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।  
   पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका  नगरप्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा प्रमुख अतिथि गोम्देन, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा नगरपालिका वडा नम्बर ६  का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, न्युटन्स एजुकेसन एकेडेमी बिर्तामोडका प्रिन्सिपल देवेन्द्र हुमागाई, महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बालगायतले  शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।
   कार्यक्रममा पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले छठ पूजा गर्न बिरिङलगायत अन्य ठाउँ जान नसक्नेहरूका लागी भनेर आफूहरूले बिगत १५ बर्षदेखि बिर्तामोड –१ स्थित  पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा छठ पूजा गर्न शुरू गरेको र हाल भक्तजनहरूको भीड बढेकाले बिर्तामोड –१ स्थित  पाथीभरा मन्दिर छेउको  अन्धुवा खोलामा बिर्तामोड नगरपालिकाले तटबन्ध निर्माण गर्न वाल निर्माण गर्दा  भक्तजनलाई असहज भएपछि गत बर्षदेखि महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा छठ पूजा गरिन थालिएको जानकारी दिए।
पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले छठ महिमा सम्बन्धी भजन प्रस्तुत गरेको कार्यक्रममा भजन गायक रोशन अधिकारी, छठ भजन गायिका सपना सिंह राजवंशीसहित स्थानीय भजन कीर्तनमण्डलीको सहभागितामा भजन सन्ध्या गरिएको थियो।
  महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलाको पानी स्वच्छ भएकाले छठ पूजा गर्न आएका ब्रतालुहरूले खुशी ब्यक्त गरेका थिए।   
  छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको थियो । समितिमा उपाध्यक्ष  शम्भू शाह ,  महासचिव सुरेश गुप्ता , सचिव भोला मोहोली, कोषाध्यक्ष सन्तोष रजक रहेका छन् ।
 त्यस्तै सदस्यहरुमा अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर , रीना शाह रहेका छन् ।
 त्यस्तै सल्लाहकारहरुमा  बालकृष्ण दाहाल, रघुनन्दन बि.क., दल्लु राया, सिँहेश्वर चौधरी, नरेश ठाकुर ,सञ्जय गुप्ता , सञ्जीत मोहोली, बव्लु शाह, सुमन शाह रहेका छन् भने युवा सल्लाहकारमा जीवन शाह रहेका छन्।
पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद शाह, सचिव सुरेश  गुप्तासहित पदाधिकारीहरूले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा गरिने छठ पूजा सफल वनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
   कार्यक्रमको सञ्चालन पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ता र सल्लाहकार बालकृष्ण दाहालले गरेको युवा सल्लाहकार जीवन शाहले जानकारी दिए।