बिर्तामोड। झापा बिर्तामोडका दुई जना जनप्रतिनिधिले यस वर्षको छठ पर्व धुमधामसँग मनाएका छन्।
  झापाको बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला राजवंशी र संगीता शिवाले एकसाथ छठ पर्व मनाएका हुन्।
  बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला राजवंशी र संगीता शिवाले बिर्तामोड-२ कच्छुबारीमा छठ मनाउन बनाएको घाटमा विधीपूर्वक आईतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएका थिए भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका थिए।
   गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका उनीहरूले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए भने सोमबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

 छठ व्रत बस्नाले परिवारको सुख, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा दीर्घायु प्राप्त हुने जनविश्वास रहेकाले आफूहरूले छठ पर्व मनाएको उनीहरूको भनाइ छ ।