बिर्तामोड । २०७३ साल भदौ ९ गतेबाट ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गरिरहेको  गोर्खा टेलरिङ अब शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटोमा नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ ।

यसअघि कृषिथोक रोडमा रहेको षोडसी भवनबाट सेवा दिइरहेको गोर्खा टेलरिङले घटस्थापनाको अवसर पारेर शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटोमा रहेको भवनबाट सेवा शुरु गरेको हो ।

कृषिथोक रोडमा रहेको षोडसी भवनबाट सेवा दिइरहँदा त्यहाँ आउने ग्राहकहरुलाई पार्किङको सुविधा नहुँदा तथा ठाउँ साँघुरो भएकाले भनेजस्तो सेवा प्रदान गर्न नसकिएकाले शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटोमा रहेको भवनबाट सेवा शुरु गरिएको गोर्खा टेलरिङका सञ्चालक बीरु दर्नालले जानकारी दिए ।

उनले शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटोमा प्रर्याप्त पार्किङको सुविधा रहेको र जतिसुकै व्यस्त समयमा पनि २४ सै घण्टा सेवा प्रदान गरी सर्वसुलभ मूल्यमा ग्राहकले भनेजस्तो कपडाका पोषाक तयार गरी उपलव्ध गराइने बताए ।

 नेपाल टेलरिङ व्यवसायी संघ झापाका अध्यक्ष समेत रहेका दर्नालले समयमा नै सेवाग्राहीको काम सम्पन्न गर्ने गोर्खा टेलरिङको मुख्य विशेषता रहेकाले ग्राहकलाई ढुक्क भएर सेवा लिन आग्रह गरे ।

उनले घटस्थापनादेखि नवमीसम्म उद्घाटन विशेष रहेकाले उक्त समयसम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । उद्घाटनको विशेषमा हरेक दिन विभिन्न विधाका एक जनालाई सम्मान गरिने बताउँदै त्यसको शुरुवात बिर्तामोड –५ निवासी ज्येष्ठ नागरिक होमप्रसाद मिश्रलाई सम्मान गरिएको जानकारी दिए ।   

नेपाली पोषाक दौरा सुरुवाल र कोट कहाँ सिलाउने र कस्तो बनाउलान् भन्ने आम ग्राहकको समस्या बुझेर त्यसैलाई पूरा गर्न २०७३ साल भदौ ९ गते गोर्खा टेलरिङको स्थापना गरिएको बताउँदै सञ्चालक दर्नालले आफूहरु सुरुवाती दिनदेखि नै नेपाली पोषाकको प्रवर्द्दनमा लागीपरेको जनाए ।

गोर्खा टेलरिङमा राम्रो सिलाई हुन्छ भन्ने बुझेर हरेक दिन नयाँ नयाँ ग्राहक आउने गरेको बताउँदै उनले नेपालबाट मात्र नभएर सिमा पारी दार्जिलिङ , सिलिगुढि ,सिक्किमदेखी बेहुला र परिवारको लागि नेपाली पोषाक सिलाउन  आउने गरेको जानकारी दिए । स्थानीयदेखि राष्ट्रियस्तरका नेताको रोजाइमा समेत गोर्खा टेलरिङ परेको उनको भनाइ छ । 

  घटस्थापनाको शुभसाइतमा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई र बिर्तामोड उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले औपचारिक रुपमा गोर्खा टेलरिङको उद्घाटन गरेका थिए ।

उनीहरुले टेलरिङको क्षेत्रमा ख्याती कमाएको गोर्खा  टेलरिङ पछिल्लो समय वालवालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा परेको बताउँदै ग्राहकलाई ढुक्क भएर सेवा लिन आग्रह गरे । 

गोर्खा  टेलरिङले यसवर्ष बिशेष गरेर नेपाली घरेलु उत्पादन अल्लोको कोट र खाँडीको दौरा सुरुवाललाई प्रवद्र्धन गरिने उनले बताए ।

आफूले नेपालका पहाडी जिल्लाबाट अल्लो र खाँडीको कपडा ल्याएर त्यस क्षेत्रका वासिन्दाको आर्थिक जीवनस्तर उकास्नुका साथै नेपाली घरेलु उत्पादन अल्लोको कोट र खाँडीको दौरा सुरुवाललाई प्रवद्र्धन गर्ने उनको भनाइ छ ।

खाँडी ,  बिदेशमा रहने स्थानिय युवा दशैं ,तिहारमा घर आउँदा एक पटक गोर्खा टेलरिङमा आएर अल्लोका कपडाबाट बनेको दौरा र कोटहरु  बनाउने भएकाले उनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको उनले बताए ।

यो वर्ष  नेपाली चाड तिहारलाई लक्षित गरेर अल्लोको कोट र खाँडीको दौरा सुरुवाललगाएर देउसी खेल्न उनले आग्रह गरे ।