बिर्तामोड। राजवंशी समाज विकास समिति जिल्ला समिति झापाको अध्यक्षमा पुन: उत्तमकुमार राजवंशी चयन भएका छन्।
संस्थाको नवौं जिल्ला अधिवेशनले उत्तमकुमार राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संस्थाको उपाध्यक्षहरूमा जीतलाल राजवंशी, फूलकुमारी राजवंशी, मेनुका राजवंशी , पूजा राजवंशी , सचिवमा सोहनलाल राजवंशी , सहसचिवमा भीमप्रसाद राजवंशी कोषाध्यक्षमा दलशरी राजवंशी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा महिशलाल राजवंशी, धिरेन्द्र राजवंशी, गंगाप्रसाद राजवंशी, सुजित राजवंशी,माधव राजवंशी रहेका छन्। चार जना महिला सदस्यमा उम्मेदवारी नपरेकाले पहिलो बैठकले मनोनयन गरिने बताईएको छ । अन्य चार सदस्य पनि मनोनयन गरिने बताइएको छ ।
नयाँ कार्यसमिति चयन गर्न देवेन्द्रचन्द्रसिंह राजवंशी संयोजक र साबित्री राजवंशी, सिरतलाल राजवंशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रतनलाल राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीले सांगठनिक प्रतिवेदन र सचिव सोहनलाल राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्तसिंह राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी, गौरीगञ्ज गाउँपालिका अध्यक्ष प्रमोद राजवंशी, बाह्दशी अध्यक्ष राजु राजवंशी , आदिवासी जनजाती उत्थान प्रतिष्ठान पूर्व सचिव कमलप्रसाद राजवंशी, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ पवन राजवंशी , भद्रपुर-६ का वडाध्यक्ष रतिया राजवंशी, लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सोहनलाल राजवंशीले गरेका थिए।



















