बिर्तामोड । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: खेमराज प्रसाई निर्वाचित भएका छन् ।
संघको २१ औं वार्षिक साधारण सभा अन्तर्गत भएको निर्वाचनमा
अध्यक्षका उम्मेदवार प्रसाईले ७७३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी किशोर क्षेत्री (कपिल) ले ७३३ मत प्राप्त गरेका छन्।
बर्तमान अध्यक्ष प्रसाईंको नेतृत्वमा साझा समूह र बर्तमान बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) को नेतृत्वमा समावेशी व्यवसायिक समूह गठन गरि निर्वाचनमा होमिएका थिए।
निर्वाचनको मतपरिणाम अन्तर्गत बरिष्ठ उपाध्यक्षमा प्रसाई प्यानलका आनन्द खड्काले ७५२ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी क्षेत्री प्यानलका भूमी पौडेलले ७४५ मत प्राप्त गरे।
त्यस्तै उद्योग उपाध्यक्षमा क्षेत्री प्यानलका हरिप्रसाद कोईरालाले ७९५ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी प्रसाईं प्यानलका भीमबहादुर कुवँरले ६४२ मत प्राप्त गरे।
वाणिज्य उपाध्यक्षमा क्षेत्री प्यानलकै सन्तोस खवासले ८०७ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी प्रसाईं प्यानलका नरबहादुर थापा (तिलक) ले ६२१ मत प्राप्त गरे ।
त्यस्तै महिला उपाध्यक्षमा प्रसाईं प्यानलकी उषा श्रेष्ठ ७८० मत ल्याएर निर्वाचित भईन् भने क्षेत्री प्यालनका सुन्दरीकुमारी श्रेष्ठले ६५५ मत प्राप्त गरेकी थिइन् ।
महासचिवमा क्षेत्री प्यानलका ध्रुव कनाल ७२४ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी प्रसाईं प्यानलका दिनेश शाक्यले ७२० मत प्राप्त गरेका थिए।
महिला सदस्यतर्फ क्षेत्री प्यानलबाट चम्पा नेम्वाङले ७५२ र कल्पना प्रसाईले ७४१ मत प्राप्त गरी निर्वाचित भए भने महिला सदस्यमा प्रसाईं प्यानलका मीरा कार्कीले ५६९ र रमा आचार्यले ५५३ मत प्राप्त गरेका थिए।
त्यस्तै खुल्ला पुरुष सदस्यतर्फ ८ जना मध्ये क्षेत्री प्यानलका अर्जुन तिवारी(८६६), आशिस संग्रौला (८२०), तारा श्रेष्ठ (७३०), राजेशकुमार बंशल (६८२) र जयकुमार श्राफ (६६३) र प्रसाईं प्यानलका सचिन निरौला (७४९), खिरोज बराल (६४६) र दिनेश पोखरेल (६४१) निर्वाचित भएका थिए भने मानबहादुर कटुवाल ५१९, सुरज चौधरी ५९४, ललित अग्रवाल ५६१, विजय गुप्ता ६२६,चन्द्रबहादुर घोर्साई ५७७, विनोदकुमार बानियाँ६३७,गोपीकृष्ण गौतम ५६६ र प्रबुल केसी क्षेत्री ४२९ मतका साथ पराजित भए।
मेची उद्योग वाणिज्य संघका २ हजार ७४ जना मतदाता रहेकोमा १ हजार ६ सय ३ मत खसेको निर्वाचन अधिकृत पदम डाँगीले जानकारी दिए।


















