बिर्तामोड।  झापाको भद्रपुर–९ स्थित ग्यालेक्सी इङ्लिस स्कुलले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को  नतिजा शतप्रतिशत ल्याएको खुशीयालीमा विद्यार्थीहरूलाई सम्मान गरेको छ।
   ग्यालेक्सी इङ्लिस स्कुलबाट २०८२ सालको एसईई परीक्षामा सहभागी २३ जना विद्यार्थीमध्ये आठजना विद्यार्थी ३.६० जिपिएभन्दा माथि, १४ जना विद्यार्थी ३.२० जिपिएभन्दा माथि र एकजना विद्यार्थीले २.८० जिपिएभन्दा माथि ल्याएर शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक वंशलले बताए।
विगतका वर्ष झैं यसबर्ष पनि ग्यालेक्सीले  भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको  भनाई छ ।
   गतबर्षदेखि ग्यालेक्सी इङलिस स्कुलले  कक्षा ११ को पठनपाठन शुरु गरेको र  यस बर्ष पनि  कक्षा ११ को ब्यवस्थापन अन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज मुख्य विषयको पठनपाठनका लागी भर्ना खुल्ला गरिएको उनले जानकारी दिए ।
   ग्यालेक्सी इङलिस स्कुल ब्यवस्थापन समितिका  सदस्य रौनक वंशलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी शिक्षा युवा  तथा खेलकुद शाखा प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्लस टु प्राध्यापक देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा विद्यालयका वालक्लब अध्यक्ष सृजन तामाङ, विद्यालयका सहायक प्रधानाध्यापक बिबेक चम्लागाईं , प्लस टु प्राध्यापक कृष्णकुमार मैनाली , नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   विश्वस्तरीय विद्यालय मापदण्डमा अग्रसर गराउने उद्देश्यले विसं २०७२ सालदेखि भद्रपुर–९ मा पर्याप्त जग्गा व्यवस्थापन गरी  ग्यालेक्सी इङ्लिस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक बिबेक चम्लागाईंले बताए।
   उनले  शैक्षिक सत्र २०८२ को एसईईमा स्कुलले भद्रपुर नगरकै उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै  विद्यार्थीमा निहित फरक प्रतिभालाई अभ्यास गराउन फराकिला खेल–मैदान, खेल प्रशिक्षक, नृत्य–संगीत कक्षा, बालमैत्री कक्षाकोठा र समयसापेक्ष प्रविधिको प्रयोगको साथ व्यवस्थापन गरी, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्दै आएको जनाए।
   कार्यक्रमको सञ्चालन विद्यालयका कोअर्डीनेटर लक्ष्मण नेपालले गरेका थिए।