बिर्तामोड । यशोदा फुड्स प्रालिले उत्पादन गरेको करेन्ट चाउचाउ गाउँदेखि शहरसम्मका युवा पुस्ताको रोजाइमा पर्न थालेको छ । करेन्ट चाउचाउले नेपालका गाउँदेखि शहरसम्म मात्र नभएर विश्वका भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायत २५ देशहरूमा निर्यात गरी विदेशमा समेत ख्याती कमाएको कम्पनिले जनाएको छ ।
हजारौं नेपालीलाई प्रत्यक्ष रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत लाखौं नेपालीहरूलाई रोजगारी दिलाउन सफल यशोदा फुड्स प्रालिले उत्पादन गरेको करेन्ट चाउचाउ विदेश निर्यात गरी करोडौं रुपैयाँ नेपाल भित्र्याउन सफल भएको कम्पनिले जनाएको छ ।
आफ्नै देशमा नेपाली किसानहरूबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो करेन्ट चाउचाउ उत्पादन गरी ठूलो धनराशी विदेश जानबाट रोकेको छ भने करोडौं रुपैयाँ नेपाल भित्र्याइरहेको छ ।
णयशोदा फुड्स प्रालिले करेन्ट चाउचाउलगायतका उत्पादनहरू प्रयोगशाला परीक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा ल्याउने गरेको जनाएको छ । कम्पनिले आफ्ना उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
‘करेन्ट’ चाउचाउका बारेमा बजारमा विभिन्न समाचारहरु आएको भन्दै यशोदा फुड्स प्रालिले उपभोक्तालाई करेन्ट चाउचाउ उपभोग गर्नुअघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गर्दै गर्मी मौसममा बढ्दो तापक्रम र चर्को घामका कारण गुणस्तर प्रभावित हुन सक्ने भन्दै कम्पनीले विक्रेता तथा उपभोक्तालाई सचेत रहन अपिल गरेको छ ।
नकरेन्ट चाउचाउ विक्री गर्ने पसल तथा काउन्टरमा राखिएका उत्पादनहरूलाई घाम र पानी नपर्ने, ओभानो तथा सुरक्षित स्थानमा भण्डारण गर्न विक्रेतालाई अनुरोध गरिएको कम्पनिका एरिया सेल्स म्यानेजर खोम निरौलाले बताए ।
नदेशभरका विक्रेता महानुभावहरूलाई आफ्ना उत्पादनहरू घाम र पानी नपर्ने सुरक्षित तथा ओभानो स्थानमा भण्डारण गर्न अनुरोध गर्दै उनले सामानको उचित व्यवस्थापन र सही तरिकाले बिक्री वितरण गर्दा मात्रै उत्पादनको वास्तविक गुणस्तर कायम रहने र यसले नेपाली उद्योगको गौरवलाई विश्वसामु चिनाउन मद्दत पुग्ने जनाए । नेपाल र नेपालीको सानको रूपमा स्थापित यशोदा फुड्स प्रालिले हजारौं नेपाली नागरिकलाई रोजगारी दिनुका साथै कृषि क्षेत्रमा समेत ठूलो योगदान पु¥याउँदै आएको बताउँदै उनले नेपालमा मात्र होइन करेन्ट चाउचाउको माग विश्व बजारमा धेरै रहेको बताए ।
कैलालीको ग्रामिण पसलमा बिक्रेताले बाहिर राखेर करेन्ट चाउचाउ बिक्री गर्दा अत्यधिक गर्मीका कारण त्यसको गुणस्तरमा समस्या आएको बताउँदै उनले त्यसरी घाममा राख्दा जुनसुकै सामग्रीमा पनि असर गर्ने भएको जनाए ।
करेन्ट चाउचाउ स्वदेशी उत्पादन भएकाले अन्य कम्पनिको आडमा करेन्ट चाउचाउमाथी समस्या देखाएको बताउँदै उनले करेन्ट चाउचाउ स्वस्थवद्र्धक रहेकाले ढुक्क भएर उपभोग गर्न सबैलाई आग्रह गरे ।

















