बिर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति झापाको अध्यक्षमा पुनः राजा आङ्थुपो निर्वाचित भएका छन् ।
  बिर्तामोडमा सम्पन्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति झापाको आठौ जिल्ला अधिवेशनले आङ्थुपोको  अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
   नवनिर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा करण योङहाङ,तिर्थराज पौडेल,सचिवमा कृष्णबहादुर लिम्बू,मकर लिम्बू,विद्या तुम्बापो,सह–सचिवमा तिर्थ पोमु,कोषाध्यक्षमा विवेक साम्सुहाङ निर्वाचित भएका छन् ।

 त्यस्तै सदस्यहरुमा उमानाथ दमाई,भवानी तुम्बापो,आशिष तुम्बापो, तेजु आङ्देम्बे,सुशान्त साम्पाङ,विचारी लावती,योगेन्द्र माबो,लिलानाथ आङ्देम्बे,रबिहाङ आङ्देम्बे  निर्वाचित भएका छन् ।
   संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति झापाका अध्यक्ष राजा आङ्थुपोको अध्यक्षता तथा  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान प्रान्तीय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष करण योङहाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा  प्रमुख अतिथि मिराकले प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सरकारले लागू गर्नु लिम्बुवान आन्दोलनको उपलव्धि भएको बताए ।
   उनले लिम्बुवान आन्दोलनले सार्थकता पाउन लागेको भन्दै लिम्बुवान प्राप्तिको पहिलो चरणको ढोका खुलेकोमा खुशी व्यक्त गरे ।
   पहिचानको आधारमा प्रदेशको नामकरण , समानुपातिक र समाबेशी प्रतिनिधित्व नभएसम्म लिम्बुवानको आन्दोलन नरोकिने उनको भनाई छ ।
  कार्यक्रममा प्रान्तिय सचिब तथा ईलाम चुलाचुली १ का वडाध्यक्ष ध्रुब लावती, महासचिव धनराज सुब्बा,उपमहासचिब मानबहादुर साँवा, दिलु लिङ्देन , काजिमान ओकख्राबो , एलभी सह–कमान्डर सुमन सम्बाहाम्फे,प्रान्तीय सदस्य करण शेर्पालगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए।
   कार्यक्रमको सञ्चालन सुकवीर कन्दङ्वाले गरेका थिए।