बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) कोशीको अध्यक्षमा रजत साहेवाला चयन भएका छन्।
संस्थाको बिर्तामोडमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले  साहेवालाको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन गरेको हो।
 नयाँ कार्यसमितिको लर्निङ चेयरमा केशव राठी र को - लर्निङ चेयरमा शरद जोशी ,  फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरसीप चेयरमा जितेश अग्रवाल र को – मेम्बरसीप चेयरमा धडकन कट्टेल चयन भएका छन्।
  त्यस्तै मिडिया एण्ड कम्युनिकेशनमा सुशान्त न्यौपाने, स्टार्टअप एण्ड आईटीमा आयुष भगत, ग्रोथ एण्ड एक्सपान्सनमा  कुणाल शाह, रिलेशन एण्ड एलायन्समा  अश्विनी गोल्छा र ईन्टरनेशनल रिलेसनमा तुषार तोदी चयन भएका छन्।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा नेपाल उद्योग परिसंघ (सीएनआई) का राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे र प्रमुख सल्लाहकार महेश जाजुलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
 साधारणसभाले युवा उद्यमीहरूबीच सहकार्य बढाउने, नयाँ व्यवसायिक अवधारणालाई प्रोत्साहन गर्ने तथा उद्यमशीलताका लागि आवश्यक वातावरण निर्माणमा मञ्चलाई थप प्रभावकारी बनाउने विषयमा छलफलसमेत गरेको मञ्चका  को - लर्निङ चेयर शरद जोशीले बताए ।
  कोशी प्रदेशमा उद्योग तथा व्यवसायको क्षेत्रमा नयाँ पुस्ताको सहभागिता बढ्दै गइरहेका बेला युवा उद्यमीलाई एउटै सञ्जालमा जोडेर व्यवसाय विस्तार, लगानी, नवप्रवर्तन र सहकार्यका अवसर सिर्जना गर्ने विषयलाई मञ्चले प्राथमिकतामा राख्दै आएको उनले बताए।  तेस्रो वार्षिक साधारणसभाबाट सीएनआईवाईईएफ कोशीमा साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतमगरी १२ जना नयाँ सदस्य थपिएको उनले बताए।
नयाँ सदस्य थपिएसँगै मञ्चमा विभिन्न क्षेत्रका युवा व्यवसायीको सहभागिता अझ फराकिलो बनेको र  युवा उद्यमीबीच अनुभव आदानप्रदान, व्यवसायिक सञ्जाल विस्तार र सम्भावित लगानी तथा साझेदारीका अवसर पहिचान गर्न  सहयोग पुग्ने अपेक्षा गरिएको  उनको भनाई छ।
 साधारणसभामा सहभागी वक्ताहरूले युवा पुस्तालाई उद्यममा आकर्षित गर्न नीतिगत सहजीकरणसँगै लगानी, प्रविधि, बजार र सीपमा पहुँच आवश्यक रहेको बताएका थिए।
 कार्यक्रममा स्टार्टअप प्रवर्द्धन, युवा उद्यमीको क्षमता विकास, लगानीको वातावरण, व्यवसायिक सहकार्य र कोशी प्रदेशमा उद्यमशीलताको सम्भावनाका विषयमा छलफल भएको मञ्चका  को - लर्निङ चेयर शरद जोशीले बताए ।
 नयाँ नेतृत्वले कोशीका युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। मञ्चले युवा व्यवसायीका समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पुर्‍याउने तथा नयाँ उद्यमका लागि आवश्यक सञ्जाल र अवसर निर्माणमा भूमिका खेल्ने उनको भनाई छ।