बिर्तामोड । बिर्तामोड-१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
  संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका  उपाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा संस्थाकी अध्यक्ष बस्नेतले संस्थाको  भावी कार्यक्रमसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
   कार्यक्रममा शेयर सदस्य  ४ हजार ३ सय २७ जना, शेयर पूॅजी ६ करोड ५५ लाख १३ हजार ४ सय रूपैयाँ, निक्षेप ३३ करोड ४१ लाख ९३ हजार ११ रूपैयाँ ४६ पैसा, ऋण लगानी ३५  करोड ४७ लाख ६३ हजार ४ सय ३४ रूपैयाँ ,वासलात ४६ करोड ३१ लाख २० हजार ८ सय ८४ रूपैयाँ ४२ पैसा, कोष ५ करोड  ९७  हजार २ सय ८०  रूपैयाँ ३ पैसा  र नाफा ३० लाख ९४  हजार १ सय ५५  रूपैयाँ ३१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
   कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक श्यामबहादुर निरौला दिपेन्द्रले , कोषाध्यक्षको प्रतिवेदन र कर्जा उपसमितिको प्रतिवेदन संस्थाका कोषाध्यक्ष तथा कर्जा उपसमितिका संयोजक प्रेमबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
   कार्यक्रममा उत्कृष्ट कारोबारकर्तातर्फ मुना तिवारी, सविताकुमारी खड्का, मोहम्मद ताज, उत्कृष्ट बचतकर्तातर्फ महेन्द्रदेवी निरौला, दिपक भुजेल, सुष्मामाया दर्जी, उत्कृष्ट खुत्रुके बचतकर्तातर्फ अक्षिता महतारा,घृति नेपाल, नितेश कवारलगायतलाई नगद, सम्मान पत्र प्रदान गरिएको थियो।
    त्यस्तै एसईईमा उत्कृष्ट विद्यार्थी  प्रयुस उप्रेतीलाई  दिवंगत शेयर सदस्य मोहनप्रसाद भट्टराईले आफ्ना पिता तथा पुत्रको स्मृतिमा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति पुरस्कार  प्रदान गरिएको थियो। उक्त पुरस्कार दाता जानुकादेवी भट्टराईले प्रदान गरेकी थिइन्।
   त्यसैगरी संस्थाको  उत्कृष्ट कर्मचारीतर्फ जमुना बुढाथोकी बराललाई  नगद ५ हजार एक, ट्रफि, र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो।
   कार्यक्रममा प्रमुख अतिथी  कोईराला,शेयर सदस्य डम्बरबहादुर बस्नेतलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव प्रेमप्रसाद अधिकारीले गरेका थिए।