बिर्तामोड। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी पहिरोमा परेर दिवंगत भएकाहरूको आत्माको चीरशान्तीको कामना गर्दै ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले दीप प्रज्वलन गरेको छ।
   विश्व शान्ति दिवसको अवसर पारेर
बिर्तामोड- ४ स्थित ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडको परिसरभित्र भोटेकोशी नदीमा आएको बाढी पहिरोमा परेर दिवंगत भएकाहरूको आत्माको चीरशान्तीको कामनाका लागी शान्तिको प्रार्थना गर्दै सन्ध्याकालिन  दीप प्रज्ज्वलनसहित  श्रद्धाञ्जली अर्पण  गरिएको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले बताइन् ।
  विश्व शान्ति दिवसको अवसर पारेर देशव्यापी रूपमा नेपाल अधिराज्य भरका सम्पूर्ण इनरव्हील क्लबहरूले   भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति सन्ध्याकालिन  दीप प्रज्ज्वलन गर्दै  श्रद्धाञ्जली अर्पण  गर्ने  कार्यक्रम रहेकाले ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले पनि उक्त कार्यक्रम गरेको उनको भनाई छ।
   ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले यस अघि गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी पहिरोमा परेकाहरूको राहत,उद्दार र पुनःस्थापनाका लागी ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले ५१ हजार रूपैयाँ सहयोग गरेको बताइन् ।   
   ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेको अध्यक्षता तथा बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट रेणु वंशलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रमको औचित्यमाथि  ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट  रिजु क्षेत्री पाण्डेले प्रकाश पारेको कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमारी कृति गुरुआमाले सहभागीहरुलाई एक घण्टाको मोटीभेसनल स्पीच र  आधा घण्टाको मेडिटेसन गराएकी थिइन्।
  कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष शर्माले ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले गरेको कार्यको प्रशंसा गरेका थिए।
   कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट होम कार्की,  रोटरियन जीपी पाण्डे, ईनरह्वील क्लब अफ अर्जुनधाराकी प्रेसिडेन्ट प्रभा आचार्य, ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट मोनिका अग्रवाल, ट्रेजरर रेखा अग्रवाल , सव मिडिया इडिटर मुनमुन अग्रवाल , एग्जुकेटीभ मेम्वरहरू वर्षा राजभण्डारी, अन्जु बन्सल ,रिचा अग्रवाल,प्रतिभा थापा,
सुनिता खरेल,अनुष्का बोहोरा , सृजना मैनाली, अनुष्का तिवारी,ईनरह्वील क्लब अफ अर्जुनधाराका मेम्वरहरुलगायतको सहभागिता रहेको थियो।
  कार्यक्रमको सञ्चालन इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी सेक्रेटरी अनिता शर्माले गरेकी थिइन् ।