बिर्तामोड। पाँचथरबाट शुरू भएको क्षितिज नाट्य प्रतिष्ठान नेपालको यात्रा  राजधानी काठमाडौंमा पुगेको छ।
 काठमाडौंमा केन्द्रीय कार्यालय र जिल्लामा शाखा कार्यालय रहने परम्परागत संरचनालाई तोड्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालले पाँचथरमा केन्द्रीय कार्यालय, झापामा केन्द्रीय सम्पर्क कार्यालय तथा काठमाडौंमा जिल्ला शाखा विस्तार गरेको हो।
 नेपालको राजधानी काठमाडौंमा देशैभरका रङ्गकर्मी, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मी रहेको र उनीहरूलाई एउटै संस्थागत अभियानमा जोड्दै नाट्य गतिविधिको विस्तार, प्रशिक्षण, प्रस्तुति तथा सांस्कृतिक संरक्षणका कार्यक्रम सञ्चालन गर्न काठमाडौंमा जिल्ला शाखा विस्तार गरेको क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए।
  क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष माधव कल्पितले आगामी पाँच वर्षभित्र काठमाडौंमा क्षितिज नाट्य प्रतिष्ठान नेपालको स्वामित्वमा सुविधा सम्पन्न नाटकघर निर्माण गर्ने लक्ष्य रहेको बताए।
  उनले काठमाडौंमा जिल्ला शाखा विस्तारसँगै राजधानीबाट पनि नेपाली रङ्गमञ्च, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए।
झापाको बिर्तामोड- १ देवी पञ्चकन्या उत्तर नागरिकको सहभागितामा ‘एक इट्टा अभियान’मार्फत सुविधासम्पन्न झापा नाटकघर निर्माणको अभियान अघि बढाएर निर्माणको अन्तिम चरणमा पुर्याएको बताउँदै उनले अब काठमाडौंमा पनि क्षितिज नाट्य प्रतिष्ठानकै स्वामित्वमा सुविधा सम्पन्न नाटकघर निर्माण गर्ने लक्ष्य लिएको जनाए ।
   पाँचथरमा केन्द्रीय कार्यालय, झापामा केन्द्रीय सम्पर्क कार्यालय सञ्चालन गरेर क्षितिज नाट्य प्रतिष्ठानले रङ्गमञ्च, साहित्य, कला, संस्कृति तथा बहुजातीय सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै केन्द्रीय अध्यक्ष कल्पितले  काठमाडौं जिल्ला शाखाको विस्तारलाई  क्षितिज नाट्य प्रतिष्ठानको संस्थागत विस्तारसँगै राजधानीमा नाट्य गतिविधिलाई थप व्यवस्थित बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको जनाए।
  क्षितिज नाट्य प्रतिष्ठान नेपाल केन्द्रीय समितिको झापामा सम्पन्न नवौं अधिवेशनले काठमाडौंमा जिल्ला शाखा विस्तार गर्ने निर्णय गरी काठमाडौंमा जिल्ला शाखा संयोजकमा दिवाकर मानसिंह बस्नेतलाई चयन गरेको केन्द्रीय अध्यक्ष कल्पितले बताए।
   जमलस्थित होटल एलोप्यागोडामा आयोजित भेलाले दिवाकर मानसिंह बस्नेतको अध्यक्षतामा १३ सदस्यीय काठमाडौं जिल्ला शाखा समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा रेनुका देवी खरेल, उपाध्यक्ष राजु श्रेष्ठ , महासचिवमा दिनेश पाख्रिन, सचिवमा तुलसा खत्री र कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा  गायिका जुनु रिजाल , श्रद्धा दियाली,पुष्पराज भण्डारी प्रकृति श्रेष्ठ लोहनी, बाबुराम घिमिरे, इन्दु भण्डारी, लीलादेवी श्रेष्ठ , विकास चौधरी, शुष्मिता अधिकारी  शान्ता पागुङ, सावित्रा  थापा,रमेश बस्नेत रहेका छन्।
  त्यसैगरी सल्लाहकार समितिको संयोजकमा दिलविकास राजभण्डारी, सदस्य सचिवमा बनेपाका पूर्वमेयर गणेशबहादुर श्रेष्ठ, कानुनी सल्लाहकारमा रामशरण घिमिरे तथा  सस्थापक सल्लाहकार सदस्यमा डा. रमेश शुभेच्छु,  क्षितिज नाट्य प्रतिष्ठानको प्रवास विभागको जिम्मेबारीसहित लण्डन निवासी आरपी लामिछानेलाई  क्षितिज प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो।
  क्षितिज नाट्य प्रतिष्ठानका सल्लाहकार तथा सामाजिक–धार्मिक व्यक्तित्व दिलविकास राजभण्डारीको अध्यक्षता तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका रङ्गमञ्च विभाग प्रमुख विजय विष्फोटको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सल्लाहकार सदस्य सचिव बनेपाका पूर्वमेयर गणेशबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा प्रमुख अतिथि विजय विष्फोटले क्षितिज नाट्य प्रतिष्ठान झापाले अघि बढाएको ‘एक इट्टा अभियान’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राप्त गरेको सम्मान तथा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितको निरन्तरको प्रयासको प्रतिफलस्वरूप संस्था यो उचाइमा पुग्न सफल भएको बताए।
   त्यस्तै  डा. रमेश शुभेच्छुले क्षितिज नाट्य प्रतिष्ठानले नेपाली रङ्गमञ्च तथा कला–संस्कृतिको क्षेत्रमा अघि बढाएका गतिविधि उल्लेखनीय रहेको बताउँदै नवगठित काठमाडौं जिल्ला शाखा समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
    सामाजिक व्यक्तित्व तथा अग्रज सञ्चारकर्मी अनिल योगीले क्षितिज नाट्य प्रतिष्ठानले गरेका कार्यको प्रशंसा गर्दै नवगठित काठमाडौं जिल्ला शाखा समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
   कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका प्रधान सम्पादक तुलसीप्रसाद निरौला, क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईं, चलचित्र विभाग प्रमुख सविता रेग्मी, साहित्य विभाग केन्द्रीय सदस्य अञ्चु सुवेदी ,हास्यकलाकार गंगाप्रसाद प्रसाईं, केन्द्रीय सदस्य संगीता कट्टेल उप्रेती ,  बसन्त थापा ,बिमल अधिकारी, रमेश बस्नेत लगायतको आतिथ्य रहेको थियो।
   कार्यक्रममा कवि अञ्चु सुवेदीलगायतले साहित्यिक रचना बाचन गरेको कार्यक्रमको सहजीकरण क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष माधव कल्पितले गरेका थिए।