बिर्तामोडटिभिएस कम्पनीको  मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक बिर्तामोडको पाथीभरा अटोलिंक टिभिएस सोरूमले टिभिएस पीजीएम मिट कार्यक्रम सम्पन्न गरेको छ।
  झापाका बिभिन्न स्थानका मोटरसाइकल ग्यारेजका सञ्चालक तथा कर्मचारीहरूलाई टिभिएस कम्पनीको मोटरसाइकल तथा स्कुटरको बारेमा र चाडपर्व लक्षित योजनाको बारेमा जानकारी दिन र शुभकामना आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको  पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेतले बताइन् ।
  पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका रिजनल म्यानेजर विवेक रौनियारले नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको मोटरसाइकल तथा स्कुटरको  बिभिन्न प्रकार, विशेषता, मूल्य र उपयोगिता लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
   त्यस्तै जगदम्बा मोटर्स प्रालिका रिजनल म्यानेजर अर्जुन खनालले नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको ईलेक्ट्रोनिक्स स्कुटरको प्रकार, विशेषता , मूल्य र उपयोगिताका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
    त्यस्तै जगदम्बा मोटर्स प्रालिका रिजनल अफिसर दिपक मैनालीले नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको चाडपर्व लक्षित  विशेष योजना बारे सहभागीहरुलाई जानकारी गराएका थिए।
  जगदम्बा मोटर्स प्रालिले दशैं , तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै  ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको  बताउँदै उनले नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको योजनामा ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद गर्दा निश्चित पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको जनाए। उनले  टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार पाउने जानकारी दिए ।

  त्यस्तै लक्की ड्र मार्फत दैनिक दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस प्राप्त गर्ने अवसर पाउने र  चाडपर्वको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई  कम्पनीले सम्बन्धित नियम तथा सर्तअनुसार  सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने उनले बताए। 
 उनले स्पेयर पार्ट्सको बिक्रीवितरण र कमिसनको बारेमा समेत सहभागीहरुलाई जानकारी गराएका थिए।
   कार्यक्रममा सहभागीको तर्फबाट नेपाल अटोमेकानिक ट्रेड युनियन मोटरसाइकल कमिटी बिर्तामोडका कार्यवाहक अध्यक्ष अमिर खान पठानले कार्यक्रम फलदायी भएको र नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बजारमा ल्याएको टिभिएस मोटरसाइकल तथा स्कुटरको बारेमा बुझ्ने अवसर प्राप्त गरेको जनाए।

  पाथीभरा अटोलिंक टिभिएस सोरूमले मोटरसाइकल ग्यारेज सञ्चालकहरूसंग आत्मियता र शुभकामना आदानप्रदान गरेकोमा उनले खुशी व्यक्त गरे।
कार्यक्रममा झापाका बिभिन्न स्थानका एक सय भन्दा बढी मोटरसाइकल ग्यारेजका सञ्चालक र कर्मचारीहरूको सहभागिता रहेको थियो।
   कार्यक्रमको सञ्चालन विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेको पाथीभरा अटोलिंक टिभिएस सोरूमकी म्यानेजर पूजा गुरूङले जानकारी दिइन्।