बिर्तामोड ।किराँत याक्थुङ चुम्लुङ वडा समिति बिर्तामोड-५ को आयोजनामा  वलिहाङ तङ्नाम/ लारीङ्गेक नाम्लिङ्गेक/ देउसी भैलो कार्यक्रम २०८३ कार्यक्रम २०८३ तङ्बे ५०८६ कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको छ।
   किराँत याक्थुङ चुम्लुङ वडा समिति बिर्तामोड-५ का अध्यक्ष चुडाकर्ण बेघा ( सीके) को अध्यक्षता तथा संघीय सदस्य धर्म लक्सम्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष फूलकुमारी तुम्रोक तुम्वापोले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने लिम्बू सांस्कृतिक नृत्यले पनि स्वागत गरिएको थियो।
   किराँत याक्थुङ चुम्लुङ वडा समिति बिर्तामोड-५ का अध्यक्ष चुडाकर्ण बेघा ( सीके) ले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वलिहाङ तङ्नाम/ लारीङ्गेक नाम्लिङ्गेक/ देउसी भैलो कार्यक्रम २०८३ कार्यक्रम २०८३ तङ्बे ५०८६ मा सहभागी कलाकारहरू सुम्निमा लिम्बू, टार्जन लिम्बू, अभिषेक खालिङ, एलिस राई, नेहा राई, सुजिन लिम्बू, जस्मिन लिम्बू, रेस्मा खान, अतिथि लिम्बू, सिकुम लिम्बू, कृषिका बराइलीलाई नगद, सम्मान पत्रद्वारा सम्मान गरि॓एको थियो।
   त्यस्तै सहयोगीहरू सावित्रा मेन्याङ्वो, बिष्णु ताक्मादेन, मिना खिम्दिङ, अनिसा खिम्दिङ, सुप्रिया परियार, रञ्जना ईधिङ्गो,  कमला इधिङ्गो,सुम्निमा  लावती, जीवन लावति, झुमा याख्का, राज दियाली, मनिष खड्का, गणेश मगर, दिपिका भण्डारी, सिता शेर्मालगायतलाई सम्मान गरिएको थियो।
   कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, किराँत याक्थुङ चुम्लुङ राष्ट्रिय चुम्लुङ सदस्य शर्मिला आङ्देम्बे,  पूर्व झापा अध्यक्ष सेसेहाङ फियाक, शेरबहादुर मादेन , किराँत याक्थुङ चुम्लुङ भद्रपुर नगर अध्यक्ष मुना कन्दङ्वालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।
   कलाकारहरूले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव देशमाया बेघा लोवाले गरेकी थिइन्।