बिर्तामोड । विगत दुई दशकदेखि गीत लेखनमा लागीपरेका चर्चित झापाली गीतकार दिनेशराज शर्माको शब्दमा सजिएको नयाँ गीत ‘दूध पकाए कुराउनी’ सार्वजनिक भएको छ। 

 ‘दूध पकाए कुराउनी’  गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

  गीतकार दिनेशराज शर्माको शब्द र चर्चित झापाली संगीतकार बिकास चौधरीको संगीतमा गायक श्रीराज कार्की र गायिका अञ्जु पन्तको स्वरमा सजिएको ‘दूध पकाए कुराउनी’ गीतको रेकर्डिङ गुन्जन स्टुडियोमा गरिएको हो । निरोज श्रेष्ठले एरेन्ज गरेको गीतको रेकर्डिङ तथा मिक्सिङ सुशील विक्रम शाहले गरेका हुन्।

    सुजाता क्षेत्रीको निर्माण तथा नितिन चन्दले निर्देशन गरेको  ‘दूध पकाए कुराउनी’  गीतको म्युजिक भिडियोमा श्रीराज कार्की, गरिमा शर्मा र स्वरूप कार्कीले अभिनय गरेका छन्।

  रोहित सिंह ठकुरीको सहायक निर्देशन, जट्टाको कला निर्देशन, बिपिन कुमालको कोरियोग्राफी, चन्द्र गुरुङको मेकअप तथा हेयर, सन्तोष डीएसको स्टाइलिङ तथा भीएफएक्स र शौकिन तिमल्सिनाको सम्पादन तथा कलर रहेको  ‘दूध पकाए कुराउनी’  गीतको म्युजिक भिडियोको छायांकन बिनोद बिष्टले गरेका हुन्। 

  गीत निर्माणमा सब्बु केसीको महत्वपूर्ण योगदान रहेको छ। गीतको म्युजिक भिडियोमा कलाकारहरूको प्रस्तुतिसँगै गीतलाई दृश्यात्मक रूपमा दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको छ।

  गीत लेखनमा सक्रिय शर्माले एकल गीतकारको रुपमा  २०५८ सालमा ओजस्वी गीति एल्बम निकालेका थिए भने  त्यसपछि याद भरी तिमी गीति एल्बम , कन्काइ सलल गीति एल्बम निकालेका थिए ।

  गीतकार शर्माको शव्द रहेको गीतमा चर्चित गायक , गायिका सपन श्री , आभा मुकारुङ , सत्यकला राई , थुप्तेन भुटिया , राजेशपालय राई , प्रमोद खरेल , एलिना चौहान , प्रबिशा अधिकारी , मेलिना मैनाली लगायतले स्वर भरी सकेका छन् ।

  बहुमुखी प्रतिभाका धनी दिनेशराज शर्माले  चलचित्र लेखनबाट चलचित्र क्षेत्रमा प्रवेशपछि विभिन्न चलचित्रहरुमा आफ्नो शव्द रहेको २३ वटा वटा गीत समावेश गरेका छन् । त्यतिमात्र होइन गीतकार शर्माले पर्वविशेष गीत समेत लेखिसकेका छन् ।

  नेपालीहरुको महान पर्व तीज , तिहारको गीत लेखीरहेका उनले यस वर्षको तिहारका लागी लेखेको गीतमा चर्चित गायिका जुनु प्रसाईं र अभिजित अधिकारीले स्वर दिएका छन् ।

  तिहारपछि लगत्तै जदगिस समालको गायन रहेको गजल निकाल्ने तयारी गरिएको उनी बताउँछन् । त्यस्तै उनले दर्र्जनौं सचेतनामुलक सडक नाटकको लेखन तथा निर्देशन समेत गरिसकेका छन् ।

झापा बिर्तामोड – १ निवासी शर्माले ग्रामिण क्षेत्रका मौलिक शव्दहरुको चयन गरेर नयाँ गीत ‘दूध पकाए कुराउनी’ निकालेको बताउँदै यो गीत नेपालीहरुको जनजिब्रोमा झुण्डिने जनाए । एकपटक.   ‘दूध पकाए कुराउनी’  गीतको म्युजिक भिडियो  हेरेर प्रतिकृया दिन उनले सबैलाई आग्रह गरेका छन् ।