बिर्तामोड। झापाको बिर्तामोड ३ सैनिकमोडमा सुविधासम्पन्न नेपाल अप्टीकल हाउस सञ्चालनमा आएको छ।
बिर्तामोडका युवा व्यवसायी रामेश्वर मण्डल र निशा कर्णले नयाँ व्यवस्थापनका साथ नेपाल अप्टीकल हाउस सञ्चालनमा ल्याएका हुन् ।
मेची आँखा अस्पताल अगाडी सञ्चालनमा आएको नेपाल अप्टीकल हाउसको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन्।
नेपाल अप्टीकल हाउसमा जुनसुकै उमेर समूहका वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने चश्मा, फ्रेम, औषधि उपलब्ध हुने सञ्चालक रामेश्वर मण्डलले बताए। नेपालीहरूका लागी चाँडै नि:शुल्क ऑखा जाँच सेवा सञ्चालन समेत गरिने उनले बताए।
मेची आँखा अस्पतालमा नेपाल तथा भारतबाट आउने बढ्दो सेवाग्राहीको चाप र बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै सुविधासम्पन्न नेपाल अप्टीकल हाउस सञ्चालनमा ल्याएको बताउँदै उनले अब आँखाका बिरामीहरूले उपचारपछि चस्मा किन्न बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने जनाए।
आँखा जाँच गराएपछि धेरैजसो बिरामीलाई चस्मा आवश्यक पर्ने भएपनि उनीहरूलाई चस्मा किन्न सहज बनाउन सुविधासम्पन्न चस्मा पसल सञ्चालनमा ल्याएको नेपाल अप्टीकल हाउसकी सञ्चालक निशा कर्णले बताइन् ।
नेपाल अप्टीकल हाउस उद्घाटन कार्यक्रममा सहभागी सामाजिक व्यक्तित्व सुवास भट्टराई, बडा नं ३ का बडासदस्य हरि बाँस्कोटा, मनोज घिमिरे, कोशिष घिमिरे, हेमलता चौधरी, रञ्जु प्याकुरेल, दीपक साफी, पूर्व शिक्षक भरतध्वजलाल कर्ण लगायतले सफलताको शुभकामना दिएका थिए।




















