बिर्तामोड। कंगारु एजुकेशन एण्ड भिसा सर्भिसेजले सन् २०२६ नोभेम्बर २ तारिखका दिन न्युजिल्याण्डको अकल्याण्डमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ।
नयाँ कार्यालयको औपचारिक उद्घाटन कंगारु एजुकेशन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले गरेका थिए भने कार्यक्रममा कंगारुको नेपालस्थित निर्देशक नवीन ढुंगाना तथा अष्ट्रेलियाका वरिष्ठ रजिस्टर्ड माइग्रेसन एजेन्ट दीपक कामीको विशेष आतिथ्य रहेको थियो। अकल्याण्ड सीबीडीस्थित सुइट १, लेभल ७, ३०० क्विन स्ट्रिटमा स्थापना गरिएको कंगारु एजुकेशन एण्ड भिसा सर्भिसेजको नयाँ कार्यालयले न्युजिल्याण्डमा हाल अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका साथै नेपालबाट उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड जान इच्छुक विद्यार्थीहरूलाई भरपर्दो शैक्षिक परामर्श तथा भिसासम्बन्धी मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको कंगारु एजुकेशन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।
अकल्याण्डमा नयाँ शाखा सञ्चालनमा आएसँगै कंगारु एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावकलाई गुणस्तरीय शैक्षिक र अध्यागमनसम्बन्धी परामर्श सेवामा सहज पहुँच पुर्याउने उद्देश्य राखेको बताउँदै उनले न्युजिल्याण्डमा पहिले देखि नै अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय स्तरमै आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने संस्थाको योजना रहेको जनाए ।
नयाँ कार्यालयबाट शैक्षिक परामर्श, उपयुक्त कोर्स तथा शिक्षण संस्था छनोट, विद्यार्थी भिसासम्बन्धी मार्गदर्शन र अध्यागमन परामर्शलगायतका सेवाहरू प्रदान गरिनुका साथै, न्युजिल्याण्डका लाइसेन्स प्राप्त इमिग्रेसन एड्भाइजर अनिल उप्रेतीमार्फत विद्यार्थी तथा अन्य भिसा आवेदकहरूले अध्यागमनसम्बन्धी विषयमा प्रत्यक्ष भेटघाट गरी व्यावसायिक परामर्श लिन सक्ने उनको भनाई छ।
कंगारु एजुकेशन एण्ड भिसा सर्भिसेजको न्युजिल्याण्ड कार्यालयका शाखा प्रबन्धक सुदीप गोसाईंसहित शिक्षा तथा माइग्रेसन क्षेत्रमा अनुभवी टोलीले कार्यालयको सेवा सञ्चालन तथा व्यवस्थापन गर्ने कंगारुको नेपालस्थित निर्देशक नवीन ढुंगानाले बताए।
न्नन्युजिल्यान्डमा नयाँ शाखा विस्तारसँगै कंगारु एजुकेशन एण्ड भिसा सर्भिसेजले न्युजिल्याण्डमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने, स्थानीय शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई विस्तार गर्ने तथा विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्राका हरेक चरणमा निरन्तर साथ र सहयोग प्रदान गर्ने कंगारु एजुकेशन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरे । यससँगै संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तारको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाई छ।
नयाँ शाखा उद्घाटन समारोहमा न्युजिल्याण्डका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू, शिक्षा क्षेत्रका व्यवसायी तथा विज्ञहरू, अकल्याण्डमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कंगारुको नेपालस्थित निर्देशक नवीन ढुंगानाले बताए।




















