बिर्तामोड। पाँचौं बिर्तामोड रन शनिबार हुने भएको छ। अनारमनी सोसियल युथ क्लब बिर्तामोडको आयोजनामा आगामी कात्तिक २१ गते शनिबार पाँचौं बिर्तामोड रन हुने भएको कार्यक्रम संयोजक सौरभ मुखियाले बताए।
उनले प्रतियोगिता प्रथमलाई ५० हजार, द्वितियलाई २५ हजार र तृतियलाई १५ हजार रूपैयाँ र भेट्रान्स तर्फबाट प्रथमलाई १० हजार, द्वितियलाई ५ हजार र तृतियलाई ३ हजार रूपैयाँ प्रदान गरिने बताए।
बिर्तामोड मुक्तिचोकबाट शुरू भएर सैनिक बजारसम्म साढे छ किलोमिटर रन हुने उनको भनाई छ।
बिर्तामोड रनका पूर्व संयोजक सञ्जय पौड्यालले अनारमनी सोसियल युथ क्लब बिर्तामोडले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक कार्य गरेको बताए ।
बिर्तामोड रनका लागी हालसम्म नेपालका विभिन्न जिल्लाबाट ५ सय भन्दाबढी खेलाडीहरूको सहभागिता रहने र रजीष्ट्रेसन शुल्क ३ सय रूपैयाँ रहेको उनले बताए।
बिर्तामोड रन प्रतियोगिताका सहभागी सबैलाई टिसर्ट, प्रमाण पत्र ,मेडल र गिफ्ट ह्याम्पर प्रदान गरिने अनारमनी सोसियल युथ क्लब बिर्तामोडका सहसचिव रोषन खरेलले बताए।
अनारमनी सोसियल युथ क्लब बिर्तामोडका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष धनबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रभास थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन अनारमनी सोसियल युथ क्लब बिर्तामोडका सचिव रूपेश तिम्सिनाले गरेका थिए।




















