बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।            झापाको बिर्तामोडमा भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ प्रदेश सभाको वन्दसत्रले राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष भीमबहादुर पौडेल (जिल्ला \नगर उवासंघ) , कुमारमणी पोखरेल(एशोसिएट\वस्तुगत संघ), कोषाध्यक्ष सुवास आचार्य (जिल्ला \नगर उवासंघ\वस्तुगत संघ), रहेका छन् ।

त्यस्तै सदस्यहरुमा जिल्ला ÷नगर उवासंघतर्फबाट प्रकाश शिवाकोटी , धुव्रलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, ऋष्ीराज तिम्सिना ,वस्तुगत संघतर्फ राजन श्रेष्ठ, दिपक पाण्डे,एशोसिएटतर्फ राजनकुमार दाहाल, भविषकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल रहेको मुख्य निर्वाचन अधिकृत पुनभकुमार गुप्ताले जानकारी दिए ।