बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बिरगंज कृषि औजार कारखाना मर्मत तथा सञ्चालनमा खर्च गर्ने घोषणा गरेसंगै अहिले  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को चर्चा झापासहित देशभर चुलिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले विरगंजस्थित कृषि औजार कारखाना मर्मत तथा पुनः सञ्चालनको लागि सरकारले असहयोग गरेको भन्दै रकम जुटाउनकै लागि  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’  विक्रीमा राखेपछि अहिले उक्त पुस्तक किन्नेको भीड बढेको छ ।

बिर्तामोडस्थित इशा बुक्स एण्ड स्टेशनरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको  जीवन कथामा आधारित पुस्तक  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीलाई झापामा अभियानकै रुपमा सञ्चालन गरिरहेको इशा बुक्स एण्ड स्टेशनरीका सञ्चालक केशव मैनालीले बताए ।

बिर्तामोडको शनिश्चरे रोडमा विगतका वर्षदेखि नै पुस्तक तथा स्टेशनरी व्यवसाय सञ्चालन गरिरहेका मैनालीले आफूले विभिन्न लेखकका पुस्तकहरु विक्री गर्दै आइरहेको र त्यसको विक्रीबाट केही फाइदा भएपनि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बिरगंज कृषि औजार कारखाना मर्मत तथा सञ्चालनमा खर्च गर्ने घोषणा गरेसंगै पुनको अभियानलाई सफल बनाउन आफूले उक्त पुस्तक बिक्री गरिरहेको बताए ।

‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट आफूलाई फाइदा नभएपनि आफूहरुको सहयोगले  बिरगंज कृषि औजार कारखाना मर्मत भएर सञ्चालन हुन्छ भनेर उक्त पुस्तक बिक्री गरिरहेको मैनालीले  बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले  आफ्नो जिवनलाई नेपालको लागि समर्पण गरेर आफ्नो देशमा नै रोजगारी सृजना गर्नु पर्छ भन्दै दिनरात नभनी लागी रहेकोले पुनलाई सहयोग गर्न आफूहरुको प्रयास रहने उनले बताए ।

  इशा बुक्स एण्ड स्टेशनरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको  जीवन कथामा आधारित पुस्तक  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीलाई झापामा अभियानकै रुपमा सञ्चालन गरिरहेको र अहिले बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट, वनस्टप मलमा स्टल राखेर र शनिश्चरेरोडमा रहेको इशा बुक्स एण्ड स्टेशनरीले  उक्त पुस्तक बिक्री गरिरहेको मैनालीले  बताए ।

वाल्मीकि लिङ्कन कलेजका आईटि तर्फका संकाय प्रमुख प्रकाश गुरुङको नेतृत्वमा दर्पण सुवेदी, च्यवनमणी पोखरेल, राज शर्मा, सञ्जय वस्नेत, दिपेन लिम्बू, मनोज वस्नेत,दिपक ढुंगानालगायतले  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ को बिक्री अभियानमा सहयोग गरिरहेको उनले बताए ।

उनले अहिले बालवालिकादेखि बृद्धबृद्धासम्म महावीर पुनको  जीवन कथामा आधारित पुस्तक  ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ रोजाइमा परेको बताउँदै उक्त पुस्तकको  मूल्य ७५० रुपैयाँ रहेकाले उक्त पुस्तक खरिद गरेर देश विकासको लागि  नेपालमै केही गर्छु भन्ने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।