बिर्तामोड । झापाको बिर्तामोड –१ मा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको  १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
   संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमिति संयोजक द्रौपदाकुमारी गणेशले स्वागत गरेकी थिइन् ।
  कार्यक्रममा संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
  संस्थाको शेयर सदस्य २ हजार ९ सय ५० जना, शेयर पूँजी २ करोड ३९ लाख ९४ हजार रुपैयाँ, निक्षेप संकलन ७ करोड १६ लाख ६८ हजार ७ सय ८२ रुपैयाँ ८४ पैसा, ऋण लगानी ६ करोड ७६ लाख ९७  हजार ९ सय ५७ रुपैयाँ , आम्दानी ८४ लाख २२ हजार २ सय १७ रुपैयाँ , खर्च ७३ लाख ५८ हजार ६ सय २६ रुपैयाँ १९ पैसा र नाफा १० लाख ६३  हजार ५ सय ९० रुपैयाँ ८८ पैसा वासलात  ११ करोड २० लाख ५६ हजार ८ सय ५४ रुपैयाँ ९६ पैसा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
   कार्यक्रममा लेखा समिति संयोजक गणेशप्रसाद लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक लक्ष्मीप्रसाद ओडारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
   कार्यक्रममा संस्थापक अध्यक्ष खड्गप्रसाद दाहालले शुभकामना मन्तव्यसहित तीलरूपा सरस्वती दाहाल स्मृति प्रतिष्ठानको उद्देश्य र पुरस्कारबारे जानकारी गराएका थिए।
  कार्यक्रममा उत्कृष्ट बचतकर्ता उमादेवी बस्नेत,ओमबहादुर सार्की,असल ऋणी लीलादेवी खड्का, विष्णुकुमार श्रेष्ठ , उत्कृष्ट कर्मचारी कमला सापकोटालाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो । 
  कार्यक्रममा संस्थापक अध्यक्ष खड्गप्रसाद दाहालले आफ्नी श्रीमती तीलरूपा दाहाल र छोरी सरस्वती दाहालको स्मृतिमा स्थापित तीलरूपा सरस्वती दाहाल स्मृति प्रतिष्ठानको तर्फबाट २०८२ सालको एसईई परीक्षामा शेयर सदस्यका छोराछोरीमध्ये उच्च अंक ल्याउने आयुस चुडाल र रनिसा न्यौपानेलाई नगद ११ हजार १ सय ११ रूपैयाँ र सम्मान पत्र संरक्षक सुजता दाहाल र अध्यक्ष कल्पना मैनाली दाहालले हस्तान्तरण गरेका थिए।
  कार्यक्रमको सञ्चालन संस्थाकी  सचिव नैनकला दाहाल भट्टराईले गरेको व्यवस्थापक विनोदकुमार गणेशले जानकारी दिए ।