बिर्तामोड । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाख २६ गते हुने निर्वाचनमा युवा व्यवसायी दिनेश शाक्यले महासचिव पदमा सशक्त उम्मेदवारी दिएका छन् ।
मेची उद्योग वाणिज्य संघमा यसअघि पनि महासचिव रहेका शाक्यले खेमराज प्रसाई अध्यक्ष रहेको ‘साझा समूह’ बाट महासचिव पदमा सशक्त उम्मेदवारी दिएका हुन् ।
महासचिवका उम्मेदवार दिनेश शाक्यले व्यवसायीको हकहित र अधिकार सुरक्षाका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले मेची उद्योग वाणिज्य संघलाई राजनीतिमुक्त क्षेत्र बनाएर सबै बस्तुगत क्षेत्रका व्यवसायीहरुको साझा थलोको रुपमा अघि बढाउन आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र धुलावारी बजारलाई व्यवस्थित गर्न, साप्ताहिक बजारलाई हप्तामा एकदिन अनिवार्य वन्द गर्न, संघको ४ कठ्ठा जग्गामा सबै वस्तुगत संस्था अट्ने स्मार्ट भवन बनाउन , पूर्वी नाका काँकडभिट्टाबाट अन्तराष्ट्रिय देशमा व्यापार विस्तार गर्न आफुले उम्मेदवारी दिएको उनको भनाई छ ।
आफूले केवल व्यक्तिगत आकांक्षाका रूपमा नभई समग्र उद्योगी व्यवसायीको हकअधिकार रक्षाका लागी उम्मेदवारी दिएको बताउँदै महासचिवका उम्मेदवार शाक्यले आगामी वैशाख २६ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा आफूलाई महासचिव पदमा मतदानका लागि मेची उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
विगत लामो समयदेखि धुलावारीमा व्यवसाय गर्दै आएका शाक्यले यसअघि पनि मेची उद्योग वाणिज्य संघमा महासचिव रहँदा व्यवसायीका समस्या बुझ्ने, सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने र संस्थागत नेतृत्व क्षमता देखाइसकेका कारण यसपटक पनि उनको पक्षमा व्यवसायीहरु लागेको बताइएको छ ।




















