बिर्तामोड। सप्तक संगीत विद्यालय बिर्तामोडले भजन शिरोमणी स्व. भक्तराज आचार्यको प्रथम स्मृति दिवस मनाएको छ।
सप्तक संगीत विद्यालय बिर्तामोडका सदस्य तथा अभिभावक हेमन्त तिम्सिनाको अध्यक्षता तथा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष सरोज वत्सले स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी अधिकारीले भजन शिरोमणी स्व. भक्तराज आचार्यको निधनले सांगितिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । उनले सप्तक संगीत विद्यालय बिर्तामोडका विद्यार्थीहरूले गाएको गीत सुनेर आफू हर्षित भएको बताए ।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, अभिभावक पूर्व राज्यमन्त्री जसमाया गजमेर, साहित्यकार केशव आचार्य, नारायण चिमरिया, मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स सिजन २ का पूर्वाञ्चल संयोजक रूपक ओडारी , सप्तक संगीत विद्यालयका संरक्षक डाः कुमार सुबेदी , देशबन्धु ढुङ्गेल, हरी दाहाल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलासहित विद्यार्थी, अभिभावकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरू निशान्त दर्नाल, उत्साह अधिकारी, अविजित अधिकारी, प्रशान्त पोखरेल, रोहिका तिम्सिना, आन्वी बस्नेत,अक्षिता अधिकारी,सुमन चौधरी,प्रिया श्रेष्ठ,उदास शंकर,रचित बस्नेत उज्वल बिमली लगायतले स्व. आचार्यको स्वरबद्द भजन र गीत गायनसहित उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीलाई नेपाली सांगीतिक पुर्याएको योगदानको कदर गर्दै सप्तक संगीत विद्यालयका संरक्षक डा कुमार सुबेदी,सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष वत्सलगायतले सम्मान गरेका थिए।
कार्यक्रमको सञ्चालन सप्तक संगीत विद्यालयका संस्थापक सदस्य सनम खतिवडा राजाले गरेको विद्यालयकी सञ्चालिका सञ्जीवनी पौड्यालले जानकारी दिइन् ।