बिर्तामोड। श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग बबरमहल काठमाडौंको आयोजनामा बिर्तामोडमा श्रमसम्बन्धी कानून कार्यान्वयन तथा विद्यमान समस्या समाधानको लागी प्रादेशिक रूपमा उद्योग वाणिज्य संघ, जीटुसीसी, ट्रेड युनियन महासंघहरूसंग अन्तरक्रिया गरिएको छ।
    कार्यक्रममा श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख सुलभ श्रेष्ठले श्रमसम्बन्धी कानून र विद्यमान समस्या समाधानको कार्यपत्र प्रस्तुत गरेका थिए।
   कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागका कारखाना निरिक्षक सागर अर्यालले श्रम ऐन,  वोनस ऐन , न्यूनतम् पारिश्रमिक सम्बन्धी कार्यान्वयन गराउने, श्रमिकलाई नियुक्ति पत्र अनिवार्य दिनुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने लगायतका बिषयमा प्रकाश पारेका थिए।
   कार्यक्रममा  ट्रेड युनियन महासंघका पदाधिकारी ,  बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारी , बिर्तामोडका बिभिन्न उद्योगी व्यवसायीसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण श्रम तथा रोजगार कार्यालय झापाका कर्मचारी मातृका कट्टेलले गरेका थिए।