बिर्तामोड। ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित प्रेसिडेन्ट लुना बस्नेतले सामाजिक कार्य गरेर आफ्नो कार्यकाल शुभारम्भ गरेकी छिन्।
उनले ऑखा दान जस्तो पुण्यको काम गरेर आफ्नो कार्यकाल शुभारम्भ गरेकी हुन्।
ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले राधा माधव समिति बिर्तामोड–२ चारपानेसंग सहकार्य गरेर आयोजना गरेको ऑखा दान अभिमूखीकरण कार्यक्रममा ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित प्रेसिडेन्ट बस्नेत, ईमिडेट पास्ट प्रेसिडेन्ट जुनु विमली उप्रेती, पास्ट प्रेसिडेन्टहरू जमुना भुषाल, सम्झना भण्डारी, सेक्रेटरी कमला पौडेल , आईएसओ रेखा अग्रवाल, मेम्बरहरू रेणु शर्मा, रेखा अग्रबाललगायतले ऑखा दानको घोषणा गरेका थिए।
त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित प्रेसिडेन्ट पुष्पाञ्जलि सिन्हा ठकुरी, एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, महिला उद्यमी तुलसा ढकाल, राधा माधव समितिकी बिर्तामोडकी उपाध्यक्ष दुर्गादेवी ढकालसहितका साधकहरूले समेत ऑखा दानको घोषणा गरेका थिए।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४६ जनाले आँखा दान गर्ने घोषणा गरेको मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र अधिकृत नेत्रा अधिकारीले जानकारी दिइन् । कार्यक्रममा ऑखा दान गर्ने उनीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा मेची आँखा अस्पताल बिर्तामोडका नानी संकलन केन्द्र ईञ्चार्ज पुष्पप्रसाद अधिकारीले आँखा दान गर्दा हुने फाइदाका विषयमा जानकारी गराउँदै मृत्यु पछि गरिने ऑखा दान महादान भएको बताएका थिए।
गुरुपूर्णीमाको पूर्व सन्ध्यामा भएको कार्यक्रमम राधा माधव समिति बिर्तामोडका अध्यक्ष भूविक्रम बस्नेतको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको औचित्य माथि इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी नवनिर्वाचित अध्यक्ष लुना बस्नेतले प्रकाश पार्दै ऑखा दान जस्तो पुण्यको काममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन्।
राधा माधव समिति बिर्तामोडकी उपाध्यक्ष दुर्गादेवी ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विज्ञान बस्नेतले गरेका थिए ।