बिर्तामोड । झापाको कनकाई – ७ दुर्गापूरमा रहेको साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टिकाप्रसाद पाठकको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष पूर्णप्रसाद बेडारीले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष टिकाप्रसाद पाठकले आ.व. २०८१\०८२ को समीक्षा र आ.व. २०८२\०८३ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल शेयर सदस्य ६ सय ८९ जना, संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५७ लाख २ हजार १ सय रुपैयाँ , संस्थाको निक्षेप मौज्दात ५ करोड २३ लाख ८ हजार ३ सय ८१ रुपैयाँ ९ पैसा , त्यस्तै कर्जा लगानी ५ करोड ९४ लाख ६६ हजार ४ सय १३ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा समितिका संयोजक दुर्गा नेम्बाङले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए भने सचिवको प्रतिवेदन सचिव मनोजकुमार पोखरेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यवस्थापक विष्णुप्रसाद चुडालले आ.व. २०८१\०८२ को अनुमानित आय, वास्तविक आय तथा आ.व. २०८२\०८३ को अनुमानित आय बजेट प्रस्तुत गरेका थिए ।
साधारण सभाले अध्यक्ष पाठकको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक नेम्बाङको आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक बिष्णु प्रसाद चुडालले जानकारी दिए ।
२०२८ सालमा साझाको नाममा दर्ता भएको यस संस्था २०४८ सालमा सहकारी संस्था लिमिटेड दुर्गापुर रहेकोमा २९ औं वार्षिक साधारणबाट बहुउद्देश्यीय सहकारी संस्था रहन पुगेको व्यवस्थापक चुडालले जानकारी दिए ।
कार्यक्रममा संस्थाले यस वर्ष पूर्व सञ्चालक समिति सदस्य रिता उप्रेती र मैना तिवारी तथा निर्वाचन समिति सहसंयोजक मातृकाप्रसाद सिटौला, र रामवृज धोवीलाई सम्मान गरेको थियो ।
त्यस्तै उत्कृष्ट उपभोक्ता बलमाया तिम्सीना, मनोजकुमार पोखरेल , धनपाल लिम्वू , उत्कृष्ट बचतकर्तामा रेवतबहादुर बस्नेत असल ऋणी चन्द्रकला भूजेललाई पुरस्कृत गरेको थियो ।
कार्यक्रममा पूर्व सञ्चालक समिति सदस्य रिता उप्रेती, निर्वाचन समिति सहसंयोजक मातृकाप्रसाद सिटौला, संस्थाका निवर्तमान अध्यक्ष गोपाल उप्रेती, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कनकाई वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौला, भवानी खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेतीलगायतको आतिथ्य रहेको कार्यक्रममा संस्थाका १८ जना सेयर सदस्यलाई भाग्यचिठ्ठाबाट छनौट गरि पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सचीव मनोज कुमार पोखरेल र व्यवस्थापक बिष्णु प्रसाद चुडालले संयुक्त रुपमा गरेका थिए ।




















