बिर्तामोड। झापाको बुद्धशान्तिमा जारी तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि
 वडा न ३ ले हात पारेको छ।
   बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न १ र वडा न ३  बीच भएको फाइनल खेलमा वडा न ३ ले वडा न १ लाई १ का विरूद्द २ गोल गर्दै बिजयी भएको हो ।
वडा न १  र वडा न ३  बीच भएको खेलमा    वडा न ३ का लागि  बिजय राई  र पुजन नेम्बाङले  एक - एक गोल गरेका थिए भने वडा न:१  का राहुल लिम्बूले एक गोल गरेको सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। 
  खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३   का  पुजन नेम्बाङ खेलको म्यान अफ द म्याच घोषित भएको बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका सदस्य गोकुल पौडेलले जानकारी  दिए ।
 बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिता गत माघ १० गतेदेखि शुरु भएको सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। 
प्रतियोगिताको बिजेता वडा न ३ ले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने  उपबिजेता वडा न १ ले नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेको आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।
  कार्यक्रममा प्रतियोगितालाई सफल पुर्‍याउने एन्फा रेफ्री खेमराज श्रेष्ठ रामलाई सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट गोलकिपर वडा ३ का गोलकिपर रिजन लुहागुन, उत्कृष्ट डिफेन्डर वडा नं १ का धिरज मगर, पहिलो गोलकर्ता वडा नं १ का राहुल लिम्बू, उत्कृष्ट प्रदर्शन गर्ने  वडा नं ४  का आयुस राईलाई जनही  नगद २ हजार रूपैयाँसहित पुरस्कृत गरिएको थियो भने उत्कृष्ट खेलाडी वडा नं  २ का समिर धिमाललाई नगद ६ हजार रूपैयाँसहित पुरस्कृत गरिएको थियो।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथी प्रसाईं , वडा नं१ का वडाध्यक्ष अनिल वाग्लेलगायतले पुरस्कार प्रदान गरेका थिए ।
  कार्यक्रमको संचालन बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका सदस्य गोकुल पौडेलले गरेका थिए।