बिर्तामोड। राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाले एसईई परीक्षा २०८२ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ।
   राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाकी उपाध्यक्ष फूलकुमारी राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रममा धुलावारी माविबाट एसईई परीक्षा २०८२ मा उत्कृष्ट अंक फोर जीपीए ल्याउने सुमन राजवंशीलाई नगद ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो। उक्त रकम राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्तसिंह राजवंशीले सौजन्य गरेका थिए।

  कार्यक्रममा राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाका सल्लाहकार सदस्यको रूपमा प्राज्ञ पवन राजवंशी, समनसिंह राजवंशी, देवेन्द्रचन्द्रसिंह राजवंशी, भैरव राजवंशीलाई मनोनित गरी प्रमाण पत्र प्रदान गरिएको थियो।
   त्यस्तै जिल्ला सदस्यमा मनोनित अनिता राजवंशी, चन्द्रावति राजवंशी , शुटलाल राजवंशी, रेशमलाल राजवंशीलाई  प्रमाण पत्र प्रदान गरिएको थियो।
  कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री भूमिप्रसाद राजवंशी, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्तसिंह राजवंशी, केन्द्रीय महासचिव  चन्द्रप्रसाद राजवंशी, सल्लाहकार देवेन्द्रचन्द्रसिंह राजवंशी , प्राज्ञ  पवन  राजवंशी,  गौरीगञ्ज अध्यक्ष  प्रमोद राजवंशी, शिवसताक्षी नगर अध्यक्ष बुधकरण राजवंशी,  राजवंशी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरेन राजवंशी,  सम्मानित विद्यार्थी सुमन राजवंशी, धुलावारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईंटेल लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
 कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाका सचिव सोहनलाल राजवंशीले गरेका थिए।